सल्लेरी (सोलुखुम्बु), २३ वैशाख । सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुग्नुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ ।
सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा आधार शिविर पुग्नुभएका शेरचनको आज साँझ ५ बजेर १४ मिनेटमा क्याम्पमै निधन भएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उहाँको शव भोलि लुक्ला ल्याई काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्य टोलीसहित काठमाडौँबाट हिँड्नुभएको थियो । उहाँले सन् २००८ मा ७६ वर्षको उमेरमा ३४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि अभियान चलाउने बताउँदै आउनुभएका शेरचनको सन् २०१३ र २०१५ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यो वर्ष भने अभियान सफल बनाउने भन्दै काठमाडाँैबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधारशिविर पुग्नुभएको थियो । उहाँको आरोहणका लागि रु ९५ लाख व्यवस्था गरिएको थियो ।
उहाँलाई गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायत, म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायतले सहयोग गरेका थिए ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान