लण्डन । सन् २००५ मा युके आएका डा. बच्चुकैलाश कैनी युकेको अर्को महिना हुने संसदीय निर्वाचनमा उम्मेदवार छानिएका छन् ।
जुन ८ मा हुने संसदीय चुनावमा डा. कैनीलाई डार्टफोर्ड निर्वाचन क्षेत्रबाट प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीले उम्मेदवार बनाउने भएको हो ।
उनी डार्टफोर्ड काउन्सिलमा अहिले काउन्सिलर रहेका छन् । संसदीय निर्वाचनका लागि यही मे ११ का दिन मनोनयन दाखिल गर्ने कार्यक्रम छ । पार्टीले उम्मेदवार चयन गरेपछि डा. कैनीले भने, ‘सन् २००५ मा युके आएको यति छोटो अवधिमा प्रमुख दलबाट संसदीय निर्वाचनमा उम्मेदवार बन्न पाउनुले हामी नेपालीहरुले अरु धेरै क्षेत्रमा धेरै उपलब्धि गर्नसक्ने रहेछ भन्ने सिद्ध गरेको छ ।’
शुरुमा सो क्षेत्रबाट पार्टीले अर्की काउन्सिलर तथा काउन्सिलमा लेबोर पार्टीकी डेपुटी लिडर डेइजी पेजलाई छनौट गरे पनि पेजले आफ्नो नाम फिर्ता गरेपछि कैनीलाई पार्टीले उम्मेदवार चयन गरेको बताइएको छ । ‘न्याशनल काउन्सिलले फाेनमार्फत मेराे नाममा निर्णय गरेकाे जानकारी दिएकाे छ’ कैनीले भने ।
डार्टफोर्टमा पहिला लेबोरले जित्दै आएको भए पनि गत दुई संसदीय निर्वाचन कञ्जरभेटिभले जितेको छ ।
तनहुँको कमलाबारीमा जन्मनु भएका डा. कैनी अहिले क्विन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा समेत कार्यरत हुनुहुन्छ । बेलायतमा नेपाली समुदायबीच चिरपरिचित र सक्रिय डा. कैनी समसामयिक विषयमा विभिन्न पत्रपत्रिकामा लेख रचनाका साथै कथा र कविता पनि लेख्नुहुन्छ । उहाँका पिता स्व. मेघनाथ कैनी तनहुँका नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । उहाँ नेपालमा प्रजातन्त्र प्राप्तिको लडाईमा धेरै पटक र धेरै वर्ष जेलमा समेत पर्नु भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते