काठमाडौँ, २२ वैशाख । नेपालमा आगामी हप्ता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज नयाँ दिल्लीमा भएको द्विपक्षीय औपचारिक भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गर्नुभएको हो । उहाँले मन्त्री डा महतसँग एउटा ठूलो लोकतन्त्रका हैसियतले आफ्नो छिमेकी मुलुक नेपालमा स्थानीय तहको निर्वाचनमार्फत हुन लागेको महत्वपूर्ण प्रजातान्त्रिक अभ्यासले भारतलाई अत्यन्त खुसी लागेको बताउनुभयो ।
उहाँले नेपालको निर्वाचनको पूर्ण सफलताको कामना गर्दै निर्वाचनका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । विदेशमन्त्री स्वराजले पछिल्लो समयमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा भेटघाट भएका र यसबाट आपसी सम्बन्ध सुदृढीकरणमा थप सघाउ पुगेको धारणा राख्नुभएको थियो ।
सो अवसरमा मन्त्री डा महतले नेपालको निर्वाचनका लागि भारतले पुरयाएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । भेटका क्रममा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय हितका विविध विषय र नेपालका राष्ट्रपतिको हालै सम्पन्न भारत भ्रमणका बारेमा पनि कुराकानी भएको थियो । सो क्रममा द्विपक्षीय सहयोगका आयोजनाका बारेमा समीक्षा गर्दै समयमै सम्पन्नताका लागि उहाँहरुले जोड दिनुभयो ।
सो भेटमा मन्त्री डा महतले यसअघि नेपाल र भारतका मन्त्रिस्तरीय बैठकमा भएका सहमतिको कार्यान्वयन गर्न र संयुक्त संयन्त्रको कार्यलाई थप प्रभावकारी रुपमा अघि बढाई आपसी हित प्रवद्र्धनका क्षेत्रमा काम गर्न सक्नेगरी उपयोग गर्न आग्रह गर्नुभयो ।
डा महत भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनको उद्घाटनका लागि आज बिहान नयाँ दिल्ली पुग्नुभएको हो । आजै साँझदेखि सुरु हुने उक्त सम्मेलनमा नयाँ दिल्लीस्थित नेपाल हेर्ने ७० भन्दा बढी देशका राजदूतको सहभागिता रहनेछ ।
नेपालले पहिलो पटक गर्न लागेको सो सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, परराष्ट्र सम्बन्ध, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायत विषयमा परराष्ट्र सचिव शङ्करदास वैरागीसहित यस क्षेत्रका नेपाल र भारतका विज्ञको प्रस्तुति रहनेछ । मन्त्री डा महत शनिबार स्वदेश फर्कने कार्यक्रम रहने परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते