सोमबार, असोज ५ २०७७ | Mon, September 21, 2020
नेपालको समय: ०८:३७ | UK Time: 03:52

नेपालका वालवालिकाको सहयोगार्थ च्यारिटी डिनर हुंदै

वीनेपाली
२०७४ वैशाख २१ गते २१:५४


लन्डन । नेपालका अनाथ वालवालिकाको सहयोगार्थ लन्डनमा एक च्यारिटी डिनर कार्यक्रम हुने भएको छ । लन्डनवासी सामाजिक अभियन्ता रिता ‘पर्ल’ परियारले आगामी १४ मे सांझ साउथहयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा च्यारिटी गर्न लागेकी हुन् ।

नेपालस्थित संस्था ‘जिम्मेवार युवा नेपाल’ द्वारा संरक्षित अनाथ बालबालिकाहरुको पठनपाठन सहयोगार्थ आफ्नो एकल प्रयासमा च्यारिटी गर्न लागेको जनाउंदै रिताले कार्यक्रममा आएर धेरथोर सहयोग गरिदिन बेलायतवासी नेपाली समक्ष आग्रह गरेकी छन् । उनले यसअघि व्यक्तिगत रुपमा कयौं सामाजिक काम गरेपनि पहिलोपटक अब सार्वजनिक कार्यक्रम गरेरै सहयोग संकलन प्रयास थालनी गरेको जनाइन् ।

साँझ ६ देखि बेलुकी १० बजेसम्म हुने च्यारिटीमा सांस्कृतिक कार्यक्रम समेत गर्ने सोच रिताको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक