लन्डन, १८ वैशाख । जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तरी कोरियाले हालै गरेको व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण पूर्णरुपमा अस्वीकार्य भएको बताउनुभएको छ । लन्डनको भ्रमणमा रहनुभएका आबेले उत्तर कोरिया एक गम्भीर खतरा भएको बताउनुभएको छ ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताउनुभएको केही समयपछि नै उत्तर कोरियाले पुनःएउटा व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
तर उक्त परीक्षण सफल भने हुनसकेन् । यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो ।
यसप्रकार बारम्बार गर्ने क्षेप्यास्त्र परीक्षण जापानको लागि पनि खतरा भएको आबेले बताउनुभएको छ । उत्तर कोरियाको यस प्रकारको कार्यबाट विश्वको शान्ति र स्थायित्वमा नै गम्भीर सङ्कट आउने उहाँले रसिया र बेलायतको तीन दिने भ्रमणको अन्तिम दिन बताउनुभएको छ ।
आफ्नो देशलाई दिएको यस चुनौतीलाई पूर्णरुपमा अस्वीकार गर्ने र यस्ता कार्यको कडा निन्दा गर्ने उहाँले बताउनुभएको छ ।
प्योङयाङबाट उत्तरमापर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समयानुसार गत शनिबार बिहान ५ः३० मा गरेको यो व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो ।
यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिँदै आउनुभएको छ ।
कुटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पले बताउनुभएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने