
लन्डन । सांगीतिक कार्यक्रमका लागी गायिका मेलिना राई र अर्का प्रतिभाशाली गायक रेवत राई युके आउने भएका छन ।
इ मिडिया हब लिमिटेड युकेको आयोजनामा हुन लागेको मनोरन्जनात्मक सांगीतिक कार्यक्रममा भाग लिन उनीहरु युके आउने इन्टरटेनमेन्ट सेलका प्रमुख गायक किसन राईले जानकारी दिए ।
युवा प्रतिभाहरु समेटेर कार्यक्रम आयोजना गर्न युवामाझ अत्यन्तै लोकप्रिय ब्लगर तथा कार्यक्रम सञ्चालक लेक्स लिम्बु र २०१४ कि मिस युके नेपाल निया देवानले कार्यक्रम सञ्चालनको जिम्मा लिएका छन् । अर्की परिचित अनुहार ‘युके डान्स अफ २०१६’ विजेता जेन्नी सुनुवार ईडवार्डले नृत्य प्रस्तुत गरेर मनोरन्जन प्रदान गर्ने छिन् ।
इन्टेक बिट्सका गायक गोम्जा लामाले पनि नेपालबाट आउने गायक गायिका संगै आफ्नो लोकप्रिय गीतहरु पस्कने छन् ।
युकेका नेपाली युवालाई नेपाल अनि नेपाली भाषा, कला र संगीतप्रति रुची जगाउँदै कालान्तरसम्म जोडिराख्न इमिडिया हब लिमिटेड युकेले कार्यक्रम राखेको सिइओ तथा गीतकार ईश्वर चाम्लिङले स्पष्ट पारे । इमिडिया हबले नेपाली मुलका बेलायती युवा र नेपालको सम्बन्ध सुमधुर बनाई राख्न निकट भविष्यमा ‘एभरेष्ट आइडल’ र ‘एभरेष्ट अवार्ड’ जस्ता कार्यक्रम गर्ने समेत उनले बताए ।
‘एभरेष्ट म्युजिकल ब्लाष्ट’ मे २० देखि अल्डरसटबाट शुरु भएर युकेका अन्य स्थानमा लगातार मे र जुन महिनाभर कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा