डार्टफोर्ड काउन्सिलमा हाल लेबर पार्टीबाट काउन्सिलर हुनु भएका नेपाली मुलका डा. बच्चु कैलाश कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको सम्भावित उम्मेदवार हुनु भएको छ । लेबर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यहरुबाट आगामी जुन ८ मा हुने संसदीय चुनावमा उम्मेदवार हुन चाहेनेले आवेदन मागेकोमा डा. कैनीले समेत आवेदन दिनु भएको बुझिएको छ । प्रारम्भिक सूचना अनुसार उक्त क्षेत्रबाट डा. कैनी सहित जम्मा तीन जनाको आवेदन पर्ने सम्भावना रहेको कुरा जानकारीमा आएको छ । आवेदकहरु मध्येबाट यो अप्रिल महिनाको अन्त्य सम्ममा पार्टीको केन्द्रिय समितिले एक जना उम्मेदवारको छनौट गर्नेछ ।
डा. कैनी लेबर पार्टीको सन् २०१४ मा म्यानचेस्टर मा भएको बार्षिक अधिवेशनमा महासमिति प्रतिनिधि समेत हुनुहुन्थ्यो । उहाँले केही समय पार्टीको स्थानिय निकायको ट्रेड युनियन संयोजकको रुममा समेत काम गर्नु भएको थियो । उहाँ सन् २०१५ को स्थानिय निर्वाचनमा उक्त काउन्सिलको काउन्सिलरको रुपमा चार बर्षको लागि निर्वाचित हुनु भएको हो ।
तनहुँको कमलाबारीमा जन्मनु भएका डा. कैनी अहिले क्विन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा समेत कार्यरत हुनुहुन्छ । बेलायतमा नेपाली समुदायका बिच चिर परिचित र सक्रिय डा. कैनी समसामयिक बिषयमा विभिन्न पत्रपत्रिकामा लेख रचनाका साथै कथा र कबिता पनि लेख्नुहुन्छ । उहाँका पिता स्व. मेघनाथ कैनी तनहुँका नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । उहाँ नेपालमा प्रजातन्त्र प्राप्तिको लडाईमा धेरै पटक र धेरै बर्ष जेलमा समेत पर्नु भएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]