लन्डन । काङमाङ नरेश राईकृत कविता संग्रह ‘पप्पी फूल’माथि वहस भएको छ । सोमबार राजधानीमा आयोजित कृतिको विमोचन समारोहसँगै यसमाथि बहस गरिएको हो ।
विमोचनपश्चात पत्रकार, लेखक दीपक सापकाले सहजीकरण गरेको विमर्श कार्यक्रममा बोल्दै कवि भूपाल राईले युद्धको ‘आइडियोलोजी’ आफू बाँच्नु रहेको बताए । ‘युद्धको रुप र आयाम फरिन्छ, तर कुनै न कुनै रुपमा युद्ध भइरहेकै हुन्छ’ राईले भने । उनले समकालीन नेपाली कविताको दुनियाँमा नरेशका कविता नयाँ विषय भएको बताए । साथै उनले नेपालमै पनि दश वर्षे जनयुद्धपछि आख्यानको तुलनामा कविता कम सिर्जना भएको स्वीकार गरे ।
आख्यानकार युग पाठकले भने युद्ध ‘कम्फर्ट जोन’ मा रहँदा परेवा उडाएर बस्नेहरुले युद्धलाई घृणा गर्ने बताउँदै युद्धलाई निरपेक्ष रुपमा हेर्न नहुने तर्क अघि सारेका थिए । उनले युद्धका बारेमा निश्चिन्त भएर लेख्न नसकिने पनि बताएका थिए । त्यसैगरी ब्रिटीश आर्मीहरुका बारेमा बोल्दै पाठकले भने, ‘विश्वयुद्धहरुमा संसारका सबै स्रोतसाधन प्रयोग गरिए । त्यसमध्य गोर्खा सिपाही पनि हो ।’
पाठकले पहिलो विश्व युद्धपश्चात नेपाल फर्किएपछि लाहुरेहरुले नेपाली समाजलाई नयाँ ढंगले अगाडि बढाएको बताउँदै दोस्रो विश्वयुद्धको अन्त्यसम्म आइपुग्दा राणा शासनलाई नै ढल्नुपर्ने स्थितिमा पुरयाएको बताए ।
त्यसैगरी कार्यक्रममा आख्यानकार प्रगति राईले गाउँको क्यान्भासबाट लामो समय हराएको मान्छे वर्षौंपछि कवि भएर आएको र उनका कविताले लाहुर नजान सुझाएको हो कि भन्ने दृष्टिकोण व्यक्त गरेको बताइन् ।
पहिचानको पक्षमा वकालत गर्दै आएका काङमाङ नरेश राईले युद्ध साहित्य पनि पहिचानकै आन्दोलन रहेको बताए । लाहुरेहरुको प्रत्येक पल्टनमा मन्दिर हुनुपर्ने, त्यसका लागि पूजारी पण्डित पठाइनुपर्ने र हिन्दुका विरुद्ध उनीहरुले विद्रोह गर्न नपाउने व्यवस्था गरिएको भन्दै उनले युद्ध ध्वंस मात्रै नभएर निर्माण पनि भएको बताए ।
संग्रहको नाम ‘पप्पी फूल’ राख्नुको कारण खोतल्दै यूरापको केन्द्रविन्दु मानिने मेनिन गेटमा धेरै गोर्खालीहरुको नाम लेखिएको, तर उनीहरुको पहिचान नेपाली नभएको काङमाङले उल्लेख गरे ।
युद्धसँग मात्रै सम्बन्धित काङमाङको कविता कृतिलाई चिन्डो बुक्सले बजारमा ल्याएको हो ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त