काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार गठन भएपछि २५ वर्षयताकै बढी आर्थिक वृद्धि भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भएपछि आर्थिक वृद्धिदर ६ प्रतिशत माथि पुगेको छ । मूल्यवृद्धि नियन्त्रण भएको छ । मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्य भएको छ । मुलुकको सम्पूर्ण आर्थिक परिसूचकमा उल्लेख्य सुधार आएको छ ।”
नेकपा(माओवादी केन्द्र) ललितपुर महानगरपालिकाको एकता सम्मेलन एवम् निर्वाचन विशेष कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् सो पार्टीका अध्यक्षसमेत रहनुभएका प्रचण्डले सरकारले जनताका पक्षमा काम गरिरहेको छ भन्ने प्रष्ट भएको बताउनुभयो ।
प्रधानमन्त्रीले आफूले जनताको सेवा, देशको विकास र समृद्धिभन्दा अन्य केही नसोचेको बताउँदै इच्छा शक्ति हुने हो भने केही वर्षमा देशको मुहार फेर्न सकिने बताउनुभयो । उहाँले माओवादी नेतृत्वमा जनताले रगत र पसिना बगाएर प्राप्त गरेका परिवर्तनका एजेन्डा आफ्नो पार्टीले मात्रै संस्थागत गर्नसक्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस, नेकपा(एमाले) लगायतका दलसँग स्थानीय निर्वाचनका लागि कुनै पनि एजेन्डा नै नभएको भन्दै माओवादी केन्द्रसँग सकारात्मक एजेन्डा पर्याप्त रहेको स्पष्ट पार्नुभयो ।
जनताको प्रमुख माग र एजेन्डा भएको पार्टी माओवादी मात्रै रहेको भन्दै उहाँले जनताको मुद्दा कार्यान्वयनका लागि माओवादी केन्द्र चुनावमा जित्नुपर्ने बताउनुभयो । सङ्घीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मधेस, दलित जनजातिलगायतलाई राज्यको मूल प्रवाहमा ल्याउने काम माओवादीले गरेको बताउँदै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गराउन पनि माओवादीले स्थानीय तहको निर्वाचन जित्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमार्फत सिंहदरबारमा रहेको सत्तालाई गाउँगाउँ पुरयाउने काम माओवादी केन्द्रको एजेन्डाकै कारण सम्भव भएको बताउनुभयो । स्थानीय तहको निर्वाचन आफ्नो सरकारका कारण सफल भएको बताउँदै प्रधानमन्त्रीले माओवादीले जितेन भने प्राप्त उपलब्धि गुम्नसक्ने आशङ्का व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदी, हितमान शाक्य, विश्वभक्त दुलाल, प्रवक्ता पम्फा भुसाललगायतले राजनीतिक एजेन्डा संस्थागत गर्न र मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजान आफ्नो पार्टी विजयी हुनुपर्ने र त्यसको आधारसमेत तयार भएको बताउनुभएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस