लन्डन । नेपाल इन्जिनियर्स एसोसिएसनको यूके सम्पर्क केन्द्र स्थापना भएको छ । गत वर्ष डिसेम्बर ११, २०१६ का दिन लन्डनस्थित नेपाली इन्जिनियरहरुको प्रारम्भिक कमिटीले विधान अनुरुप एसोसिएसनसमक्ष यूके सम्पर्क केन्द्र खोल्न निवेदन दिएको थियो । रितपूर्वक दिइएको निवेदन स्वीकृत भए अनुसार केन्द्र खोलिएको जनाइएको छ । केन्द्रको औपचारिक उद्घाटन आगामी जुलाइ- अगष्टतिर एसोसिएसन केन्द्रका प्रतिनिधिबाट गर्ने निर्णय गरिएको छ ।
गत ८ अप्रिलका दिन नेपाली इन्जिनियरहरुको वृहत भेलाले इन्जिनियर तेजेन्द्र रोकामगरको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा उज्जवल ढकाल, महासचिव लोकराजसिंह, उपमहासचिव सुमन लामा र कोषाध्यक्ष उदिप राई चयन भएका छन् । त्यसैगरि, सदस्यहरुमा हेमन्त पाण्डे, ध्रुवराज शर्मा, सुरज राई, मनेन्द्र राई, रविन्द्र मोक्तान र अमृत थापा चुनिएका छन् ।
समितिले आगामी दिनमा यूकेमा रहेका सम्पूर्ण नेपाली इन्जिनियरहरुबीच सम्पर्क थलोका रुपमा केन्द्रलाई विकसित गर्दै लगिने बताएको छ । साथै नेपाल र यूकेमा रहेका सम्पूर्ण नेपाली इन्जिनियरबीच प्रविधि र सीप आदानप्रदान गर्ने, निरन्तर छलफल गर्ने, यूकेमा रहेका नेपाली इन्जिनियरहरुलाई एसोसिएसनको एउटै छातामुनी ल्याउन पहल गर्ने आदि योजना सारेको छ । भेलाले सम्पर्क केन्द्र खोल्न स्वीकृत दिएकामा नेपाल इन्जिनियर्स एसोसिएसनलाई धन्यवाद समेत दिएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसन नेपाल सम्पूर्ण इन्जिनियरहरुको साझा संस्थाका रुपमा सन् १९६२ देखि स्थापना भइ निरन्तर रुपमा नेपाली इन्जिनियरहरुको प्रविधि विकास र हकहितका लागि कार्यरत छ ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक