लघुकथा
मेरो छुट्टीको दिन थियो । सधै झैँ बिहानको चिया पिउंदै म बेडमा बसेको थिएँ । छुट्टीको दिन अरु के नै काम हुन्छ र ! फेसबुक हेर्ने, साथीभाई वा इस्टमित्रसँग कुराकानी गर्ने, घर परिवारसँग समय बिताउने र घुमफिर गर्ने । त्यो दिन पनि बिहानै मैले फेसबुक खोलें । फेसबुकको म्यासेजरको इनबक्समा एउटा म्यासेज रहेछ । खोलें र झट्ट हेरें ।
मेरो अनुहार एकदम रातो भयो । मैले मसँग बसेकी मेरी श्रीमतीतिर हेरें । झन्डै उनको नजर मेरो फेसबुकतिर परेको रहेनछ । यदि उनले त्यो म्यासेज हेरेको भए मैले कुनै पनि अवस्थामा त्यसको ‘डिफेन्ड’ गर्न सक्ने स्थिति थिएन । त्यति मात्रै हैन, मेरी श्रीमतीसँग झगडा हुने वा मेरो घर परिवार नै तहसनहस हुन सक्ने सम्मको अवस्था आउन सक्थ्यो ।
म एकदम झस्कें । मेरो होसहवास उड्यो । मेरो सातो गयो । न त मैले त्यस्तो कुनै कुरा सोचेको थिएँ, न त कुनै कुरा गरेको नै थिएँ । जीवनमा पहिलो पटक कहिले नसोचेको र नभोगेको कुरा सुन्नु पर्दा कस्तो हुन्छ भन्ने अनुभव भयो । यो यस्तो अनुभब थियो जुन कुरा म कसैसँग बाँड्न सक्दिन थिएँ । किनकी, यो मेरो नैतिकता, मान मर्यादा र प्रतिष्ठासँग सरोकार राख्ने बिषय थियो ।
मैले पटक पटक त्यो म्यासेज पढें । त्यसमा खास कुनै लामो कुरा लेखिएको थिएन । केवल दुई वटा वाक्यांशहरु थिए, ‘मेरो जीवनमा तिमीले मलाई निकै धोका दियौ । अब तिम्रो र मेरो बच्चाको भबिष्यको जिम्मा तिमीले पनि लिनुपर्छ ।’ म झस्कनु पर्ने कारण अर्को पनि थियो । किनकी यो म्यासेज मेरो कलेजमा पढ्ने एकदम मिल्ने साथी कल्पनाले गरेकी थिई । मेरो श्रीमतीलाई पनि थाहा थियो कि उ मेरो एकदम मिल्ने साथी थिई ।
मलाई कल्पनासँग एकदम रिस उठ्यो । उसले किन त्यस्तो म्यासेज गरी मैले बुझ्न सकिनँ । मैले कल्पनालाई जवाफ लेखें, ‘तिमीले के लेखेको यस्तो ? के कुरा हो यो ? तिमी किन मेरो प्रतिष्ठामा आँच आउने कुरा गर्छौ ?’
उसको जवाफ झन्डै एक घण्टासम्म पनि आएन । त्यही बिचमा मैले निकै कुराहरु सोचें । कतिबेला एकदम रिस उठ्यो भने कतिबेला मनमा निकै आशंकाहरु पनि उब्जे । एक मेरो मन एकदम हतास भयो तर अर्को मन मैले के बिगारेको छु जस्तो पनि लाग्यो ।
जब उसले म्यासेन्जरको इनबक्समा केही कुरा लेख्न थालेको देखें, एकदम धुकधुकी बढ्यो । त्यो म्यासेज एकदम छोटो थियो, ‘ह्याप्पी अप्रिल फूल । ‘ उफ ! म अनि कस्तो, आज अप्रिल फूल भन्ने भुसुक्कै बिर्सेछु ।
मैले मनमनै सोचें, उसको जिस्कने बानी उस्तै रहेछ । एकछिन अघिसम्म हतास र झस्केको मेरो मन एकपटक फेरी बेस्सरी हाँस्यो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार