काठमाडौँ, ७ चैत । नेकपा (एमाले) को आजको स्थायी समिति बैठकले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिप्रति सजग रहनुपर्ने भन्दै निर्वाचन आयोगलाई तयारी तीव्र बनाउन पनि आग्रह गरेको छ ।
एमालेले कार्यकर्ताहरुलाई तयारीमा लाग्न आन्तरिक तयारी पनि प्रारम्भ गर्ने सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । निर्वाचनको मिति घोषणा भएर निर्वाचन आयोगद्वारा आचारसंहितासमेत जारी गरी लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिता विपरीत बजेटको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढङ्गले कर्मचारीको सरुवा, बढुवा तथा पदस्थापन गर्ने जस्ता कार्यप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको सो पार्टीको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीले यस अगाडि राख्दै आएका अडानप्रति पुनः जोड दिँदै संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचनको सुनिश्चितता गर्दै लोकतान्त्रिक स्थायित्वमार्फत् मुलुकको समृद्धिका दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिलाई आह्वान गरेको छ । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा विपक्षी नौ राजनीतिक दलका बीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय पनि गरेको छ ।
सांसद् दुलारी देवी सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकामा शीघ्र स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने