काठमाडौँ, ४ चैत । नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब बढेको छ ।
तराई–मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुको आज बिहान सिंहदरबारमा बसेको बैठकले यही चैत १० गते बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकबाट संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
बैठकमा बोल्ने अधिकांश वक्ताहरुले काँग्रेस मुलुकको जिम्मेवार पार्टी भएको र मुलुकको जटिल समस्या समाधानमा काँग्रेसले नै अग्रसरता लिनुपर्नेमा जोड दिनुभएको बैठकमा सहभागी सांसद रामकृष्ण यादवले जानकारी दिनुभयो ।
“बैठकले तराई मधेसको समस्या समाधानमा पार्टीले अग्रसरता लिनुपर्छ भन्ने निष्कर्ष निकालेको छ”, नेता यादवले भन्नुभयो – “अधिकांशले मुलुक र जनताको हितमा संशोधन प्रस्तावलाई पारित गर्न प्रक्रियामा लगी पारित गराउन केन्द्रीय समितिले निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।”
संविधानलाई सर्वस्वीकार्य बनाई स्थानीय निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्न पनि संशोधन पारित गर्न लाग्नुपर्नेमा बैठकका सहभागीको जोड थियो । बैठकमा नेताहरु डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, फरमुल्ला मन्सुर, तारिणीदत्त चटौत, अमरेशकुमार सिंह, सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, भरत साहलगायत केन्द्रीय सदस्य र सांसदको उपस्थिति थियो ।
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन