लन्डन । बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरको स्थगित नेपाल भ्रमण आगामी मे महिनातिर गर्न लन्डनस्थित नेपाली दूतावासले सिफारिस गरेको छ । बुधबार राजदूत डा. दुर्गाबहादुर सुवेदीले रक्षामन्त्रीलाई उनकै कार्यकक्षमा भेटी अन्तिम समयमा स्थगित भ्रमण मेतिर गर्न सिफारिस गरेका हुन् । ल्यानक्यास्टर ५ दिने भ्रमणका लागि गत फेब्रुअरी ६ मा नेपाल उड्ने तयारी थियो । तर, अन्तिम समयमा संसदमा इयूबाट बेलायत बहिगर्मन (ब्रेक्जिट) वहसले व्यस्त हुनुपरेको जनाउंदै ल्यानक्यास्टरले भ्रमण स्थगित गर्नुपरेको जानकारी गराएका थिए ।
यसैबीच, मन्त्री ल्यानक्यास्टरले नेपाली दूतावासले यही १४ देखि २० मार्चसम्म गर्न लागेको साताव्यापी बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ समापन समारोहमा आतिथ्य स्वीकार गरेका छन् । कार्यक्रम समापनका दिन २० मार्चमा मन्त्री दूतावास आउने भएका हुन् ।
साताभर बेलायत नेपाल सम्वन्धबारे अन्तरक्रिया, खाना, संगीत र साहित्यिक महोत्सव, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, भिजिट नेपाल युरोप २०१७ अभियान उद्घाटन, नेपाली हस्तकला प्रदर्शनी व्यापार एवं लगानी अन्तरक्रिया, १३ भिसीहरुको तस्विर अनावरण आदि गरेर दौत्य सम्वन्धको दुई सय वर्ष गांठ समापन गर्ने तयारीमा दूतावास छ ।
भेटमा भूपू गोर्खाहरुका माग सम्वन्धमा समेत छलफल भएको जनाइएको छ । दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरणले दूतावासका तर्फबाट भूपू गोर्खाहरुले भन्दै आएका समस्या र प्रमुख मुद्दाबारे पुनः स्मरण गराइएको जनाउंदै प्रतिउत्तरमा मन्त्रीले डिप्लोमेटिक तर सकारात्मक धारणा राखेको बताए । मार्च अन्तिम साता त्रिपक्षीय वार्ता गर्न मन्त्री सहमत भएको बताइएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते