लन्डन । नायकद्वय दयाहाङ राई र सौगात मल्ल शनिबार राती अबेरसम्म बेलायतका नेपाली दर्शकमाझ घेरिए । अल्डरसटस्थित प्रिन्सेस हलमा आयोजित रेड कार्पेट शोमा सयौं दर्शक उनीहरुसंग तस्बिर लिन र साक्षात्कार गर्न तल्लिन थिए । प्रिन्सेस हलको सबै टिकेट ‘सोल्ड आउट’ भएपछि कयौं दर्शक निरास बन्दै नायकद्वयलाई भेटेरमात्र फर्किए ।
निर्धारित समय भन्दा करिब डेढ घण्टा ढिलो लिमोजिनमा ओर्लंदा उनीहरुलाई दर्शकले तालीले न्यानो स्वागत गरे । फिल्म प्रदर्शन सकिएपछि पनि उनीहरु उम्कन पाएनन् । राती एम्पायर हलमा गरिएको ‘मिट एण्ड ग्रीट आफ्टर पार्टी’ मा दुई कलाकारसंग गफिने र तस्विर खिचाउनेको कमी रहेन । दयाहाङ पटक पटक बेलायत आएपनि सौगातका लागि भने यूके पहिलो भ्रमण हो । उनी बेलायतमा समेत नेपाली फिल्म रुचाउने दर्शक पाएर मख्ख देखिन्थे ।
फिल्म हेर्न नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी धर्मपत्नी र अन्य कर्मचारीका साथ प्रिन्सेस हल पुगेका थिए । कलाकारहरुसंग अनौपचारिक भेटमा राजदूत सुवेदीले आफू नेपाली चलचित्रको नियमित दर्शक भएको बताउंदै शुभकामना दिएका थिए ।
फिल्म शुरु हुनु अघि आयोजित संक्षिप्त औपचारिक कार्यक्रममा प्रमुख अतिथी राजदूत सुवेदीले चलचित्र सफलताको कामना गर्दै नेपाली कला, संस्कृति र परम्परा जहां बसेपनि मनबाट कहिल्यै टाढा हुन नसक्ने धारणा राखे ।
हलमा उपस्थित दर्शकले दुई नायकलाई प्रश्न गरेका थिए । कार्यक्रममा दर्शक उपस्थितिप्रति आभार व्यक्त गर्दै ति कलाकारले नेपाली सिनेमा माया गरिदिन आग्रह गरे ।
चार वर्ष अघि बनेको ब्लकबस्टर ‘लुट’ को सिक्वेल हो ‘लुट २’ । यूके प्रिमियरका लागि नै बेलायत आएका हुन् नायकद्वय ।
निश्चल बस्नेत निर्देशित उक्त फिल्म शुक्रबार नेपालभर प्रदर्शन भएको थियो । फिल्म अल्डरसट शोपछि २६ मा फोकस्टन, ३ मार्चमा टिडवर्थ, ४ मार्चमा आसफोर्ड केन्ट, ५ मार्चमा हयारो लन्डन र ११ मार्चका दिन रेडिङमा प्रदर्शन गरिने आयोजक गोर्खा वरियर्सले जनाएको छ ।
‘लुट २’ को आइटम गीत ‘लाइदिउंला चोखो पियार, लैजाउ घुमाउन मलाई ठमेल बजार’ खुबै हिट छ । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्म शाक्य, रिचा शर्मा, बिपीन कार्की, प्रवीन खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने लगायतले अभिनय गरेका छन् ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार