लन्डन । नायकद्वय दयाहाङ राई र सौगात मल्ल शनिबार राती अबेरसम्म बेलायतका नेपाली दर्शकमाझ घेरिए । अल्डरसटस्थित प्रिन्सेस हलमा आयोजित रेड कार्पेट शोमा सयौं दर्शक उनीहरुसंग तस्बिर लिन र साक्षात्कार गर्न तल्लिन थिए । प्रिन्सेस हलको सबै टिकेट ‘सोल्ड आउट’ भएपछि कयौं दर्शक निरास बन्दै नायकद्वयलाई भेटेरमात्र फर्किए ।
निर्धारित समय भन्दा करिब डेढ घण्टा ढिलो लिमोजिनमा ओर्लंदा उनीहरुलाई दर्शकले तालीले न्यानो स्वागत गरे । फिल्म प्रदर्शन सकिएपछि पनि उनीहरु उम्कन पाएनन् । राती एम्पायर हलमा गरिएको ‘मिट एण्ड ग्रीट आफ्टर पार्टी’ मा दुई कलाकारसंग गफिने र तस्विर खिचाउनेको कमी रहेन । दयाहाङ पटक पटक बेलायत आएपनि सौगातका लागि भने यूके पहिलो भ्रमण हो । उनी बेलायतमा समेत नेपाली फिल्म रुचाउने दर्शक पाएर मख्ख देखिन्थे ।
फिल्म हेर्न नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी धर्मपत्नी र अन्य कर्मचारीका साथ प्रिन्सेस हल पुगेका थिए । कलाकारहरुसंग अनौपचारिक भेटमा राजदूत सुवेदीले आफू नेपाली चलचित्रको नियमित दर्शक भएको बताउंदै शुभकामना दिएका थिए ।
फिल्म शुरु हुनु अघि आयोजित संक्षिप्त औपचारिक कार्यक्रममा प्रमुख अतिथी राजदूत सुवेदीले चलचित्र सफलताको कामना गर्दै नेपाली कला, संस्कृति र परम्परा जहां बसेपनि मनबाट कहिल्यै टाढा हुन नसक्ने धारणा राखे ।
हलमा उपस्थित दर्शकले दुई नायकलाई प्रश्न गरेका थिए । कार्यक्रममा दर्शक उपस्थितिप्रति आभार व्यक्त गर्दै ति कलाकारले नेपाली सिनेमा माया गरिदिन आग्रह गरे ।
चार वर्ष अघि बनेको ब्लकबस्टर ‘लुट’ को सिक्वेल हो ‘लुट २’ । यूके प्रिमियरका लागि नै बेलायत आएका हुन् नायकद्वय ।
निश्चल बस्नेत निर्देशित उक्त फिल्म शुक्रबार नेपालभर प्रदर्शन भएको थियो । फिल्म अल्डरसट शोपछि २६ मा फोकस्टन, ३ मार्चमा टिडवर्थ, ४ मार्चमा आसफोर्ड केन्ट, ५ मार्चमा हयारो लन्डन र ११ मार्चका दिन रेडिङमा प्रदर्शन गरिने आयोजक गोर्खा वरियर्सले जनाएको छ ।
‘लुट २’ को आइटम गीत ‘लाइदिउंला चोखो पियार, लैजाउ घुमाउन मलाई ठमेल बजार’ खुबै हिट छ । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, कर्म शाक्य, रिचा शर्मा, बिपीन कार्की, प्रवीन खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने लगायतले अभिनय गरेका छन् ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग