लन्डन । मार्च पहिलो सातादेखि बेलायतका केही शहरमा नेपाली नाटक देखाइने भएको छ । सनमकुमार बैरागद्वारा लिखित तथा निर्देशित नाटक जीगिषा (जित्ने इच्छा) प्रदर्शन गर्न लागिएको हो । शनिबार लन्डन नर्थफिल्डस्थित काठमाण्डौं कुजिन रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा लेखक बैरागले उक्त नाटक आगामी ४ र ५ मार्चमा हयारो बरो फुटबल क्लब साउथ हयारो, ११ मार्चमा उलवीच ट्रामसेड थिएटर, १२ मार्चमा दि प्यालेस अल्डरसट र २७ मार्चमा एडिनबराको एसेमब्ली रोक्सी थिएटरमा देखाउन लागिएको जानकारी दिए ।
फस्ट एजुकेट नेपाल यूके (फेन) को यो नाटक दोश्रो प्रस्तुति हो । यसअघि फेनले गरेको ‘समय दृश्य’ को शो सफल मानिएको थियो ।
पत्रकार सम्मेलनमा निर्मातामध्ये एक तेन्जी लामा पाख्रिनले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा लेखक एवं निर्देशक सनम बैरागले नाटकमा दशक लामो सरकार माओवादी द्वन्द्वले पारेको सामाजिक प्रभाव र समस्यासंगै समाधान खोजिएको जनाए । उनले नेपाली नाटक माया गर्ने दर्शकलाई मात्र कार्यक्रममा आउन आग्रह गर्दै जीगिषा बारमा बियर पिउंदै हेर्ने समय बिताउने खालको नभएको प्रष्टयाए । बैरागले गुणस्तरिय नाटक नहुंदा बेलायतस्थित नेपाली दर्शक यसप्रति अझै आकर्षित हुन नसकेको जनाउंदै आफूले यहां नेपाली नाटक विस्तारको जिम्मा लिने प्रतिवद्धता व्यक्त समेत गरेका थिए ।
कार्यक्रममा कलाकार मनिष श्रेष्ठले नेपाली भाषा, साहित्य र कला संरक्षण एवं नयां पुस्तामा हस्तान्तरण गर्न रंगमञ्च सशक्त माध्यम भएको बताउंदै दर्शकलाई शोमा आइदिन आग्रह गरे । नायक ध्रुव दत्तले फिल्म र नाटकमा अभिनय गर्दा खासै फरक नभएको अनुभूति सांटे ।
अर्की कलाकार प्रसुना कंडेलले कलाप्रति आफ्नो सानै देखिको रुची दर्शाइन् । उनले आफ्नो नशा नशामा कला मिसिएको जनाउंदै नाटकमार्फत सामाजिक चेतना जगाउन पाएकामा खुशी व्यक्त गरिन् ।
उक्त नाटक तेन्जी लामा पाख्रिन, दिल घले र भिजनसंसारडटकमले निर्माण गरेका हुन् भने साउण्ड प्रमोद र संगीत, लाइट्स प्रभाव श्रेष्ठ, कम्प्युटर अभिमन्यू बैराग र स्टेजमा अमृत गुरुङ संलग्न छन् ।
पत्रकार सम्मेलनमा अन्य कलाकारहरु सुरेश श्रेष्ठ, बिकेश बस्नेत र अन्जु श्रेष्ठ समेत सहभागी थिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई