लन्डन । मार्च पहिलो सातादेखि बेलायतका केही शहरमा नेपाली नाटक देखाइने भएको छ । सनमकुमार बैरागद्वारा लिखित तथा निर्देशित नाटक जीगिषा (जित्ने इच्छा) प्रदर्शन गर्न लागिएको हो । शनिबार लन्डन नर्थफिल्डस्थित काठमाण्डौं कुजिन रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा लेखक बैरागले उक्त नाटक आगामी ४ र ५ मार्चमा हयारो बरो फुटबल क्लब साउथ हयारो, ११ मार्चमा उलवीच ट्रामसेड थिएटर, १२ मार्चमा दि प्यालेस अल्डरसट र २७ मार्चमा एडिनबराको एसेमब्ली रोक्सी थिएटरमा देखाउन लागिएको जानकारी दिए ।
फस्ट एजुकेट नेपाल यूके (फेन) को यो नाटक दोश्रो प्रस्तुति हो । यसअघि फेनले गरेको ‘समय दृश्य’ को शो सफल मानिएको थियो ।
पत्रकार सम्मेलनमा निर्मातामध्ये एक तेन्जी लामा पाख्रिनले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा लेखक एवं निर्देशक सनम बैरागले नाटकमा दशक लामो सरकार माओवादी द्वन्द्वले पारेको सामाजिक प्रभाव र समस्यासंगै समाधान खोजिएको जनाए । उनले नेपाली नाटक माया गर्ने दर्शकलाई मात्र कार्यक्रममा आउन आग्रह गर्दै जीगिषा बारमा बियर पिउंदै हेर्ने समय बिताउने खालको नभएको प्रष्टयाए । बैरागले गुणस्तरिय नाटक नहुंदा बेलायतस्थित नेपाली दर्शक यसप्रति अझै आकर्षित हुन नसकेको जनाउंदै आफूले यहां नेपाली नाटक विस्तारको जिम्मा लिने प्रतिवद्धता व्यक्त समेत गरेका थिए ।
कार्यक्रममा कलाकार मनिष श्रेष्ठले नेपाली भाषा, साहित्य र कला संरक्षण एवं नयां पुस्तामा हस्तान्तरण गर्न रंगमञ्च सशक्त माध्यम भएको बताउंदै दर्शकलाई शोमा आइदिन आग्रह गरे । नायक ध्रुव दत्तले फिल्म र नाटकमा अभिनय गर्दा खासै फरक नभएको अनुभूति सांटे ।
अर्की कलाकार प्रसुना कंडेलले कलाप्रति आफ्नो सानै देखिको रुची दर्शाइन् । उनले आफ्नो नशा नशामा कला मिसिएको जनाउंदै नाटकमार्फत सामाजिक चेतना जगाउन पाएकामा खुशी व्यक्त गरिन् ।
उक्त नाटक तेन्जी लामा पाख्रिन, दिल घले र भिजनसंसारडटकमले निर्माण गरेका हुन् भने साउण्ड प्रमोद र संगीत, लाइट्स प्रभाव श्रेष्ठ, कम्प्युटर अभिमन्यू बैराग र स्टेजमा अमृत गुरुङ संलग्न छन् ।
पत्रकार सम्मेलनमा अन्य कलाकारहरु सुरेश श्रेष्ठ, बिकेश बस्नेत र अन्जु श्रेष्ठ समेत सहभागी थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]