काठमाडौँ, ५ फागुन । पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उससमिति गठन गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।
विगत वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्ने गरी उपसमिति गठन गरिएको हो ।
महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन् । “यस वर्ष १३ लाख भक्तजनले पूजा एवम् दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिँदैछ, गत वर्ष १२ लाख भक्तजनले महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गरेका थिए”– उहाँले भन्नुभयो ।
यस वर्ष फागुन १३ गते शुक्रबार महाशिवरात्रि पर्व परेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक