बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: ०९:४४ | UK Time: 04:59

भ्यालेनटाइन डेमा धितालकाे म्युजिक भिडियो सार्वजनिक 

वीनेपाली
२०७३ फागुन ३ गते २०:३४
स्कटल्याण्ड, युके । सुमुधुर स्वरका युवा गायक नारायण धितालको  गीत ‘देखेँ तिमीलाई’ को म्युजिक भिडियो ‘भ्यालेन्टाइन डे’को अवसरमा सार्वजनिक  गरिएको छ। गायक नारायण धितालकै संगीत र शब्द रहेको उक्त  गीत स्कटल्याण्डको रमणीय स्थानमा छायांकन  गरिएको छ। हाल बेल्जियम रहेका गायक धितालले करिब पन्ध्र वर्षअघि अहिलेका चर्चित कलाकारहरु अन्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्सालहरुसंगै चार वर्ष  गन्धर्ब संगीत पाठशालामा गायन र संगीत अध्ययन गरेका थिए। गायक धितालले २०६० र २०६७ सालमा गरी दुइटा आधुनिक गीतको एल्बम निकालेका थिए।
भ्यालेनटाइन डेको प्रेमलाप  कथामा बनाइएको उक्त म्युजिक भिडियोमा अन्जना घले र सुबास सापकोटाले अभिनय गरेका छन् भने निर्देशन दिपेश रेग्मीले गरेका छन्। निर्देशक रेग्मीले यसअघि गायकहरु रामकृष्ण ढकाल, नबिन के भट्टराई, सत्यराज आचार्यका चर्चित गीतहरुको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने छोटा मुभीहरु समेत बनाएका छन्। म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको म्युजिक भिडियो   https://www.youtube.com/watch?v=KraXu0eTWZ0 मा  हेर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक