लन्डन । गत वर्ष ह्दयाघातले लन्डनमा निधन भएकी विष्णुकुमारी बुढाथोकीको परिवारलाई सहयोग पुरयाउने सबैलाई उनका परिवारजनले आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
रुकुम जिल्ला, रुकुमकोट जन्म भइ यूकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर असिस्टेन्टको रुपमा कार्यरत स्व. विष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को गत अक्टोबर १२ का दिन हृदयाघातका कारण निधन भएको थियो। उनको अन्त्येष्टि तथा परिवारको सहयोगार्थ १०,००० पाउण्ड भन्दा बढी संकलन भएको र खर्च कटाइ बचेको रकम उनकी छोरीलाई हस्तान्तरण गरिएको स्वर्गीय बुढाथोकीकी सहकर्मी माला घर्तीमगर तथा उनका पति वीरप्रसाद घर्ती मगरले बताए ।
उनीहरुको पहलमा विष्णुकुमारी बुढाथोकीकी छोरी प्रियाश्री तथा छोरा प्रितमप्रतापलाई नेपालबाट युके बोलाइएको थियो।
स्व. विष्णुकुमारी बुढाथोकीको परिवारको सहयोगार्थ राप्ती समाज युकेबाट ३,६२९ पाउण्ड, एनएचएस स्टाफ वाटफोर्डबाट २,५०० पाउण्ड, वाटफोर्ड नेपाली कम्युनिटीबाट २,२२१ पाउण्ड, क्षेत्री समाज युकेबाट १,५४७ पाउण्ड, बकेट कलेक्सनबाट ३१३ पाउण्ड, ब्लुबेल वार्डस वाटफोर्डबाट ३१० पाउण्ड तथा प्लमस्टीडका शुभचिन्तकहरुबाट २६५ पाउण्ड प्राप्त भएको उनको परिवारले जनाएको छ । सबै सहयोगदाता संघसंस्था तथा महानुभावहरुप्रति उनको परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
आफ्ना छोराछोरीको पढाइकालागि स्वर्गीय विष्णुकुमारी बुढाथोकीले रातदिन खटेर काम गरेको तर उनको असामयिक निधनपछि उनीहरुको पढाइ नरोकियोस् भन्नेतर्फ आफूहरु चिन्तित बनेको वीरप्रसाद घर्तीमगर र माला घर्तीमगरले बताए ।
हाल नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस दोश्रो वर्षमा अध्ययरत प्रियाश्री बुढाथोकीले बेलायतस्थित नेपाली समुदायका अगुवाहरुको स्नेह र सहयोगबाट आफु भावविभोर भएको बताइन्। उनी आफ्नो पढाइ निरन्तर गर्न नेपाल फर्किस्केकी छन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त