लन्डन । गत वर्ष ह्दयाघातले लन्डनमा निधन भएकी विष्णुकुमारी बुढाथोकीको परिवारलाई सहयोग पुरयाउने सबैलाई उनका परिवारजनले आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
रुकुम जिल्ला, रुकुमकोट जन्म भइ यूकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर असिस्टेन्टको रुपमा कार्यरत स्व. विष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को गत अक्टोबर १२ का दिन हृदयाघातका कारण निधन भएको थियो। उनको अन्त्येष्टि तथा परिवारको सहयोगार्थ १०,००० पाउण्ड भन्दा बढी संकलन भएको र खर्च कटाइ बचेको रकम उनकी छोरीलाई हस्तान्तरण गरिएको स्वर्गीय बुढाथोकीकी सहकर्मी माला घर्तीमगर तथा उनका पति वीरप्रसाद घर्ती मगरले बताए ।
उनीहरुको पहलमा विष्णुकुमारी बुढाथोकीकी छोरी प्रियाश्री तथा छोरा प्रितमप्रतापलाई नेपालबाट युके बोलाइएको थियो।
स्व. विष्णुकुमारी बुढाथोकीको परिवारको सहयोगार्थ राप्ती समाज युकेबाट ३,६२९ पाउण्ड, एनएचएस स्टाफ वाटफोर्डबाट २,५०० पाउण्ड, वाटफोर्ड नेपाली कम्युनिटीबाट २,२२१ पाउण्ड, क्षेत्री समाज युकेबाट १,५४७ पाउण्ड, बकेट कलेक्सनबाट ३१३ पाउण्ड, ब्लुबेल वार्डस वाटफोर्डबाट ३१० पाउण्ड तथा प्लमस्टीडका शुभचिन्तकहरुबाट २६५ पाउण्ड प्राप्त भएको उनको परिवारले जनाएको छ । सबै सहयोगदाता संघसंस्था तथा महानुभावहरुप्रति उनको परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
आफ्ना छोराछोरीको पढाइकालागि स्वर्गीय विष्णुकुमारी बुढाथोकीले रातदिन खटेर काम गरेको तर उनको असामयिक निधनपछि उनीहरुको पढाइ नरोकियोस् भन्नेतर्फ आफूहरु चिन्तित बनेको वीरप्रसाद घर्तीमगर र माला घर्तीमगरले बताए ।
हाल नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस दोश्रो वर्षमा अध्ययरत प्रियाश्री बुढाथोकीले बेलायतस्थित नेपाली समुदायका अगुवाहरुको स्नेह र सहयोगबाट आफु भावविभोर भएको बताइन्। उनी आफ्नो पढाइ निरन्तर गर्न नेपाल फर्किस्केकी छन्।
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता