
रक्षामन्त्री बालकृष्ण खाँण टेरिया मगर फाउण्डेसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा टेरिया फैजा मगरलाई सम्मान गर्दै । तस्बिर ः कृष्णराज गौतम, रासस
काठमाडौँ, २२ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले टेरिया मगरलाई शान्ति दूत बनाउनका लागि मन्त्रिपरिषद्मा छलफल चलाउने बताउनुभएको छ ।
तेरिया मगर फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा आज उहाँलाई सम्मान गर्दै मन्त्री खाँणले मगरले अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा बढाउन सहयोग गरेकाले सो प्रस्ताव मन्त्रिपरिषद्बाट सजिलै पारित हुने बताउनुभयो ।
मन्त्री खाँणले मगरले प्राप्त गरेको सफलताले अहिले उहाँ सबै नेपालीको मनमा बसेको सदाचार व्यक्त गर्दै मगरलाई राष्ट्रले चाँडो सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सांसद् आदित्यनारायण कसोधनले रुपन्देहीको सामान्य परिवारमा जन्मेकी मगरले अन्तर्राष्ट्रिय तहको प्रतिस्पर्धामा आफूलाई स्थापित गरी देशको गौरब बढाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा उहाँको सफलताको कामना गर्नुभयो ।
सम्मानित मगरले नेपाल र नेपालीको नामलाई संसारमा चिनाउन आफूले सक्दो प्रयत्न गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले मगरभित्रको प्रतिभालाई अझै प्रस्फुटित गराउन सञ्चार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्कामगरले सरकारले टेरियाको कार्यलाई मूल्याङ्कन गरी सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
फाउण्डेसनका अध्यक्ष कृष्ण फौजा मगरले तेरियाको नामबाट स्थापना गरिएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने जानकारी गराउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते