लन्डन । मानवअधिकारका लागी अन्तर्राष्ट्रिय ऐक्यवद्धता नेपाल, यूकेले लन्डन ग्रीनवीचमा नेपालको मानवअधिकारस्थिति र कुपोषण अवस्थाबारे एक कार्यक्रम गरेको छ ।
२२ जनवरीका दिन आयोजित उक्त कार्यक्रम गत मंसिरमा काभ्रेको सानो गौथली ७ मा बोक्सीको आरोपमा मलमुत्र खुवाई कुटपिटपछि मारिएकी ३३ वर्षीया लक्ष्मी परियार र कर्णाली खास गरी ‘मुगु’ र ‘सप्तरी’ मा कुपोषणका कारण दिनानुदिन मरिरहेका वालवालिकाको अवस्थामा केन्द्रित रहयो ।
उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, प्राज्ञिक व्यक्तित्व, वुद्धिजिवी एवं नेपाली विद्यार्थी गरि करिब ३० जनाको सहभागिता थियो । कार्यक्रममा उल्लेखित दुई घट्ना सम्बन्धमा विदेशमा रहेका नेपालीले कसरी पृथक तरिकाले सहयोग पुरयाउन सक्छन् भन्नेबारे छलफल गरियो ।
कार्यक्रमका सहभागीले लक्ष्मी परियारको हत्या ‘संरचनात्मक हिंसा’ को प्रतिनिधि घट्ना रहेको र यस घट्नाले महिला माथिको हिंसा, जातीय विभेद, स्थानीय गरिवहरूलाई स्थानीय तहकै उच्च वर्गबाट दमन एवं राजनैतिक संरक्षणका कारण बढ्दो दण्डहीनतालाई समेत प्रतिनिधित्व गरेको विचार राखेका थिए ।
सहभागीहरूले घट्नापछि उनको परिवारलाई विभिन्न संघसंस्था र व्यक्तिगत तबरले सहयोग भइरहेको बताएर निहित स्वार्थ बोकेका समूहले घट्नाको प्रमुख पाटो जुन न्याय हो, त्यसलाई ओझेलमा पार्न खोजेको भन्दै चासो र चिन्ता व्यक्त गरे । साथै यस्तो जघन्य अपराधका दोषीलाई तारेखमा छोड्नु र अदालती प्रकृयामा पीडितको पक्षबाट दरो संग पैरवी हुन नसक्नुले घट्नालाई कमजोर बनाउन सक्ने आशंका समेत व्यक्त गरे ।
कार्यक्रममा उक्त घट्नालाई अलिक गम्भीर रुपमा लिएर यसको न्यायिक पक्ष कसरी मजबुत बनाई पीडकलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ भन्नेबारे छलफल भएको थियो ।
सहभागीले भविष्यमा एउटा नजिर स्थापित हुने गरि विदेशमा रहेका नेपालीले कसरी सहयोग पुरयाउन सक्छन् भन्नेबारे छलफल गर्दै विदेशमा रहेका संघसंस्थाहरूसंग सहयोग अपिल गर्नुपर्नेमा जोड दिए ।
उक्त घट्नाबारे सेफिल्ड विश्वविद्यालयका प्राध्यापक डा. विष्णु परियारले आफ्नो धारणा राखेसंगै आयोजक संस्थाका संयोजक डा. कृष्ण उपाध्यायले उक्त घट्नाको पृष्ठभूमिबारे प्रकाश पारे । सदस्य बासु शर्माले कुपोषणका कारण जसरी ति जिल्लामा मृत्यु हुने क्रम जारी छ, त्यसलाई समाधान गर्न राज्यले सुशासनमा जोड दिनु पर्ने बताए ।
संस्थाका सदस्य कृष्ण शर्माले कुपोषणका लागि जिल्लाहरूमा गएको रकम फ्रीज हुने तर दिनानुदिन बालबालिकाको मृत्यु भइरहेको घट्नाले त्यहां श्रोत अभाव नभई राज्यको व्यवस्थापकीय कमजोरी रहेको औंल्याए ।
संस्थाकी सदस्य श्रीमती गीता खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्य डा. पुरुसोत्तम पौडेलले स्वागत मन्तव्य दिएका थिए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ