लन्डन । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित ‘सहारा क्लब’ पोखराले एकेडेमी दिगो रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ सुरु गरेको अक्षयकोषमा रु आठ लाख ७६ हजार थप भएको छ ।
रु दुई करोड पुरयाउने मुख्य लक्ष्यका साथ सुरु गरिएको उक्त कोषमा सहारा यूके र वुद्धिष्ट कमिटी सेन्टर यूकेद्वारा रु पांच लाख २५ हजार तथा सहारा अस्ट्रेलियाबाट रु तीन लाख ५१ हजार प्रदान गरिएको हो ।
सहारा क्लब पोखराद्वारा पोखरामा सोमबार आयोजित एक कार्यक्रममा सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ र सहारा अस्टे«लियाका अध्यक्ष राजमान थकालीले सामूहिक रुपमा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई सो रकम हस्तान्तरण गरे ।
राससका अनुसार, कार्यक्रममा सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदको माध्यमबाट क्लबले कठिन परिस्थितिका बालकको शारीरिक एवम् मानसिक विकासका लागि एकेडेमी सञ्चालन गर्नु प्रशंसनीय भएको बताए ।
त्यस्तै, सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीले क्लबले एकेडेमी सञ्चालन गर्दै सामाजिक सेवाका क्षेत्रमा गरेको योगदान सबैका लागि अनुकरणीय भएको बताए ।
क्लबका अध्यक्ष वीरभद्र आचार्यले देश विदेशमा रहेका सहयोगी मनका कारण नै एकेडेमी सञ्चालन गर्न सकिएको बताउंदै दीर्घकालीन व्यवस्थापनका लागि अक्षयकोष सुरु गरिएको जानकारी दिए ।
कार्यक्रममा सहारा यूकेका प्रमुख सल्लाहकार महेश गुरुङ, क्लबका उपाध्यक्ष केशवबहादुर थापा, महासचिव केशव बराल, कुसाङ गुरुङलगायतले सहारा क्लबले सुरु गरेको अक्षयकोषबाट एकेडेमीको सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सोही कार्यक्रममा आहा रारा गोल्डकपका लागि द्वितीय पुरस्कारको प्रायोजन गरेका सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीले रु दुई लाख ५१ हजारको चेक पनि हस्तान्तरण गरेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते