लन्डन । लन्डनस्थित आफ्नै घरको बाथरुममा झुण्डिएर आत्महत्या गरेका चर्चित रयापर अनिल अधिकारी (यम बुद्ध) को शव नेपाल पठाउन लन्डनस्थित नेपाली दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिदिएको छ ।
बिहीवार परिवारजनले यमको पासपोर्ट र नागरिकता प्रतिलिपि उपलव्ध गराएपछि दूतावासले तुरुन्त ट्राभल डकुमेन्ट जारी गरिदिएको हो ।
दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बिहीबार ट्राभल डकुमेन्ट जारी गरिएको जनाउंदै यमकी श्रीमति अस्मिता सेढाईंले आवश्यक प्रक्रिया पुरा गरेपछि शव नेपाल लैजाने बताए ।
शव नेपाल लैजान यहां प्रहरीबाट केही प्रक्रिया पुरा गर्नुपर्ने प्रावधान छ । मृत्यु प्रमाणपत्र, शवमा रसायन लेपन गरेको प्रमाणित हुने पत्र (इम्बामिङ), कुनै संक्रमण नभएको प्रमाणपत्र, मृत्युको कारणबारे छानबीन गर्ने अधिकारी (कोरोनर) ले दिएको प्रमाणपत्र, यूके बाहिर अन्तिम संस्कार गर्न लैजान लागेको भन्ने शव समाधिस्थ गर्ने अधिकारी (फ्यूनरल डिरेक्टर) को पत्र जस्ता कागजात तयार भएपछि शव नेपाल पठाउन बाटो खुल्नेछ । हाल यमको शव नर्थवीक पार्क अस्पतालमा छ ।
गत शनिबार बिहान लन्डनस्थित रइसलिपमा बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका यमको पोस्टमार्टम रिपोर्टले आत्महत्या नै देखाएको परिवारका सदस्यले जनाएका छन् । पोस्टमार्टम रिपोर्ट हुलाक मार्फत परिवारले बिहीबार बुझेका हुन् । रिपोर्टमा मदिरा पिएको पाइएपनि लागू औषध भने सेवन नगरेको र यमको मानसिक अवस्था समेत ठीक भएको देखिएको परिवारका एक सदस्यले जानकारी दिए ।
‘खतरा’ एल्बम बजारमा ल्याउने अन्तिम तयारी गरिरहेका यम केही वर्ष यता श्रीमतिसंगै लन्डनमा थिए । उनी युवा पुस्तामाझ लोकप्रिय थिए । उनले लन्डन उलवीचमा ‘भ्यालेन्टाइन’ कार्यक्रम गर्ने तयारी अनुरुप लोटस क्लबको हल समेत बुक भइसकेको थियो । आयोजकले अझै पनि उक्त कार्यक्रम रद्द भएको जनाउ दिएका छैनन् ।
यमको निधनले नेपालको र्याप संगीतमा अपुरणीय क्षति पुगेको कतिपयको चिन्ता छ । नेपाली रयाप संगीतलाई व्यवसायिक बनाउन उनको ठूलो भूमिका रहेको विश्वास गरिन्छ । उनका साथी, आमा, मेरो जुत्तामा, आउंदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, लगायत कयौं गीत हिट छन् ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग