कुवेत सिटी, २ माघ । ओमानबाट जर्मनी जान उडेको युरोविङ्ग्सको एक विमानमा बम राखेको भन्ने हल्ला चलेपछि बीचबाटोबाटै उक्त विमान कुवेत सिटीमा आकस्मिक अवतरण गरेको छ ।
उडान नम्बर ईडब्ल्यू ११७ बाट ओमानको सालल्लाह विमानस्थलबाट जर्मनीको कोलोन महानगर गन्तव्यतर्फ प्रस्थान गरिसकेको युरोविङ्ग्स एयरलाइन्सको एयरबस ए३३०–२०३ मोडेलको सो बिमान उडेको केही बेरमै विमानमा बम राखेकोले पड्किई ध्वस्त हुने हल्ला चलेपछि विमानमा कुवेत सिटीमा आकस्मिक अवतरण गरेको कुवेतको सरकारी सञ्चार समिति कुना न्युज एजेन्सीले जनाएको छ ।
सो विमानमा चालकदलका १३ जनासहित २९९ जना यात्रु सवार थिए । बम राखेको भन्ने हल्ला चलिरहेको अवस्थामा उडाइ रहन नमानेपछि विमानका कप्तानले कुवेतमा अवतरण गर्न यहाँको टावरसँग अनुमति मागेका थिए ।
आकस्मिक अवतरण पश्चात् सबै यात्रु ओरहाली विमानलाई पूरै जाँच, अनुसन्धान गर्दा बम वा कुनै त्यस्तो बिस्फोटक पदार्थ फेला नपरेको पनि कुना न्युज एजेन्सीले जनाएको छ ।
आफ्नो स्वामित्वमा रहेको सो विमानलाई जर्मनीकै सन् एस्प्रेस नामक कम्पनीले लिजमा लिई सञ्चालन गरेको र यस उडानलाई भने एफ.टी.आई. नामक एउटा ट्राभल एजेन्सीले चार्टर गरेको तथ्य युरोविङ्ग्स एयरलाइन्सले जनाएको छ ।
युरोविङ्ग्स एयरलाइन्स जर्मनीको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय ध्वजाबाहक लुफ्थान्सा जर्मन एयर लाइन्सकै भगिनी संस्था हो ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश