लन्डन । लन्डनवासी नेपालीले २९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले बुधबार हिमालयन क्लव, सडबरी लन्डनमा गरेको एक कार्यक्रममा वक्ताहरुले पृथ्वी नारायण शाहको योगदान स्मरण गरे । उनीहरुले तत्कालिन समयमा शाहले विभिन्न भूभाग एकीकरण गरि आधुनिक नेपाल निर्माण गरेको सम्झंदै उनको राष्ट्रिय एकताको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखे ।
तर, वक्ताहरुले क्रिसमस र भारतीय राष्ट्रपति नेपाल आउंदा बिदा दिने सरकारले राष्ट्रिय निर्माताको जन्म जयन्तीमा भने सार्वजनिक बिदा नदिएकामा आक्रोश पोखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले पृथ्वीनारायण शाहको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक दुरदर्शीताको चर्चा गर्दै उनको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको टिप्पणी गरे । धितालले देशमा राजनीतिक संक्रमण बढिरहेको उल्लेख गर्दै देश बचाउन विदेशमा बस्ने नेपालीहरु गम्भीर बन्नुपर्ने बेला आएको बताए ।
बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले शाहप्रति जे जस्तो अपव्याख्या गरिएपनि उनको राजनीतिक चेत, दुरदर्शीता र एकता भाव वर्तमान राजनीतिमा खांचो रहेको धारणा राखे ।
लेखक तथा गोर्खाली वुद्दिजिवी विकलचन्द्र आचार्यले गोरखा जिल्लाको प्राचीनकालदेखिको इतिहास केलाउंदै पृथ्वीनारायण शाहको एकीकरण अभियानको विस्तृत जानकारी दिएका थिए । आचार्यले गोरखा जस्तो सानो पहाडी जिल्लाका राजाले नेपाल एकीकरणको आंट गर्दाको चुनौती, कुशल नेतृत्व र यसमा योगदान गर्ने सबै पक्षको चर्चा पनि गरेका थिए ।
संगठनका अध्यक्ष भरत रोका क्षेत्रीको सभापतित्वमा उक्त कार्यक्रम शुरु हुनुअघि मदन थापा र बसन्त रायक्षेत्रीले मंगलधुन बजाएका थिए भने सहभागीहरुले शाहको तस्विरमा माल्यार्पण गर्दै श्रद्धा सुमन अर्पण गरे ।
कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, पूर्व डिएसपीहरु शिवजी श्रेष्ठ र बाचस्पति रेग्मी, समाजसेवी ध्रुव केसी, कृष्ण भट्ट, चिरञ्जिवी ढकाल, कृष्णजंग शाह, बसन्त शाह, भीम बानियां, प्राध्यापक रमेशचन्द्र अधिकारी लगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरे ।
कार्यक्रममा नृपेश उप्रेती, हेमन्त पौडेल, चेतमान केसी, हरिसिंह थापा, कृष्ण भट्ट लगायतले पृथ्वी जयन्तीमा समर्पित कविता वाचन गरेका थिए ।
गणतन्त्र स्थापनापछि नेपाल सरकारले मनाउन छाडेपनि संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले सन् २०१० देखि बेलायतमा यो जयन्ती मनाउंदै आएको छ । कार्यक्रम संयोजक तथा पृथ्वी जयन्तीका अभियन्ता नारायण अधिकारीले शुरुका दिनमा आलोचना सहेरै भएपनि दिवसलाई निरन्तरता दिइएको बताए ।
कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई