लन्डन । लन्डनस्थित नेपाली दूतावासले संयुक्त अधिराज्य र यस राजदूतावासका लागि तोकिएका मुलुकहरु आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा रहेका गैर आवासीय नेपालीहरुको तथ्यांक विवरण संकलन गर्ने भएको छ । १ जनवरी, २०१७ देखि संकलन कार्य शुभारम्भ गर्न लागिएको दूतावासले शुक्रबार जनाएको हो ।
तथ्यांक विवरण संकलनका लागि रजिष्ट्रेशन फारामको नमुना दूतावासको वेवसाइट
www.nepembassy.org.uk मा राखिएको छ । दूतावासले संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गरिरहेका सम्पूर्ण नेपाली र गैर आवासीय नेपालीहरुले उक्त फाराममा आफ्नो र परिवारका सदस्यहरुको समेत छुट्टाछुट्टै विवरण भरी दूतावासको इमेल : [email protected] वा फयाक्स ००४४ २० ७७९२९८६१ मार्फत विवरण पठाई सहयोग गरिदिन पनि आग्रह गरेको छ ।
उता, दूतावासले भिसा, राहदानी लगायत कन्सुलर सेवावापतको शुल्क बैंकमा जम्मा गर्ने व्यवस्था समेत गरेको छ । दूतावासबाट भिसा, राहदानी, वारेसनामा लगायत अन्य कन्सुलर सम्बन्धी सेवा लिंदा नियमानुसार बुझाउनु पर्ने शुल्क सिधै राजदूतावासको बैंक खातामा बुझाउन सकिने व्यवस्था मिलाइएको जनाउंदै दूतावासले १ जनवरी २०१७ देखि दूतावासको बैंक खातामा रकम जम्मा गरी बैंक भौचर सहित आफूले चाहेको सेवा लिन दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । कारणवश बैंकमा रकम जम्मा गर्न कठिनाई भएको अवस्थामा केही समयका लागि दूतावासमा समेत नगद शुल्क बुझाउन सकिने व्यवस्था रहेको पनि दूतावासले जनाएको छ ।
दूतावासको बैंक खाता
NatWest
Sort Code: 601533
Account No: 05552060
Notting Hill Gate, London
यसैबीच, दूतावासले १ जनवरी २०१७ बाटै नेपाल भ्रमणमा जाने सबैलाई भिसा आवेदन गरेको दिनमा नै नेपालको भिसा उपलव्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।
राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यभार सम्हालेपछि यी परिवर्तन भएका हुन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने