काठमाडौँ, ७ पुस । सङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिले गैरभौगोलिक प्रदेशसहित १० वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी निर्णायक आन्दोलनका लागि जनमत निर्माण गर्ने भएको छ । गठबन्धनले आगामी एकसाताभित्रै काठमाडौँमा बृहत् अन्तरक्रिया गर्नेछ ।
गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा आज बसेको बैठकले सरकारसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन परिमार्जनसहित व्यवस्थापिका–संसद्मा अविलम्ब प्रक्रिया बढाउन माग गरेको छ ।
संविधान संशोधनको विरोधका नाममा नेकपा (एमाले)ले दिएको अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुतालाई भड्काउने र मुलुकलाई विभाजन गर्ने कार्य भन्दै गठबन्धनले यसप्रकारको प्रतिगमनकारी गतिविधिको भत्र्सना गरेको छ ।
गठबन्धनद्वारा आज जारी विज्ञप्तिमा सङ्घीयता, गणतन्त्र, धर्म, निरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्य तत्काल बन्द गर्न पनि आग्रह गरिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते