पासा पुच गुठीको योमरी प्रतिष्पर्धा

15608830_10154225919541589_401349115_o
लन्डन । पासा पुच गुठी साउथ इष्ट लन्डनले योमरी पुन्हीका अवसरमा पृथक कार्यक्रम यूके योमरी च्याम्पियनसिप २०१६ आयोजना गरेको छ । गत शनिबार उलवीचस्थित लोटस क्लवमा कार्यक्रम भएको हो ।

पासा पुच गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशिल प्रजापतिको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी थिए राजदूत डा. दुर्गाबहादुर सुवेदी ।
कार्यक्रममा पासा पुच गुठी यूकेका पूर्व अध्यक्ष महन्त श्रेष्ठ, पूर्व महासचिव शिवजी श्रेष्ठ, पासा पुच गुठी यूके ट्रष्टी बालमुकुन्द जोशी, थकाली समाज साउथ इष्ट लन्डनका अध्यक्ष अंकित गौचन, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष कुमार श्रेष्ठ, पासा पुच गुठी सेन्ट्रल लन्डनका अध्यक्ष कपिल श्रेष्ठ, पासा पुच गुठी रेडिंगका अध्यक्ष सुदर्शन श्रेष्ठ लगायत नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

15628615_10154225920681589_782746608_o

कार्यक्रम शुरु हुनु अघि पासा पुच गुठी साउथ इष्ट लन्डनका उपाध्यक्ष सचिन श्रेष्ठले हेल्थ एण्ड सेफ्टीबारे जानकारी र योमरी पुन्ही समारोहका संयोजक तथा पासा पुच गुठी साउथ इष्ट लन्डनका सांस्कृतिक सचिव अशोक अवालले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम नगेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए ।

15608731_10154232538191589_291417829_o

मन्तव्यका क्रममा राजदूत डा. सुवेदीले नेवारी संस्कृति स्वदेश तथा विदेशमा अरु 
संस्कृतिभन्दा धनी भएको चर्चा गर्दै दोश्रो पुस्तामा नेवारी संस्कृति र परम्परा हस्तान्तरण गर्ने संस्थाको प्रयासको प्रशंसा गरे । सुवेदीले बेलायत नेपाल कुटनीतिक सम्वन्धको दुई सय वर्ष गांठ समापन समारोहमा गुठीलाई तीनवटा नाच देखाउन पनि आग्रह गरेका छन् । कार्यक्रममा पासा पुच गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशिल प्रजापतिले राजदूतलाई नेवारी पोशाक उपहार दिएका थिए ।

सांस्कृतिक कार्यक्रमसहित योमरी प्रतिष्पर्धा कार्यक्रमको आकर्षण रहयो जसलाई मनिष श्रेष्ठले सञ्चालन गरेका थिए । उक्त प्रतिष्पर्धामा ५ विभिन्न समूहले भाग लिएका थिए ।

15608515_10154225921186589_1783187171_o

उक्त प्रतियोगितामा पासा पुच गुठी साउथ इष्ट लन्डनका तर्फबाट गायत्री श्रेष्ठ र सुबसना शाक्य प्रथम (वीनर) भए भने पासा पुच गुठी रेडिंग शाखाका रन्जना श्रेष्ठ र नानु श्रेष्ठले दोश्रो स्थान जिते । चन्चला श्रेष्ठ, डा. पवित्रा तुलाधर र जानकी कायस्थ निर्णायकमा थिए ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिया श्रेष्ठ र इन्दु कार्कीले विभिन्न नाच देखाए भने भैरव नाच गुठीका इर्भिन श्रेष्ठ, आशिष श्रेष्ठ र आयुष्मा श्रेष्ठले देवी नाच प्रदर्शन गरे । त्यसैगरि, विनोद चिपालुले लाखे नाच देखाए । सत्यप्रसाद प्रजापतिले नेवारी गीत गाएका थिए ।

उक्त अवसरमा राजदूत सुवेदीले डा. कविताराम श्रेष्ठलाई नेवारी र नेपाली संस्कृति तथा साहित्यमा योगदान दिएवापत मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा योमरी प्रतिष्पर्धाका सहभागी, विजेता, निर्णायक, कलाकारलाई पनि प्रमुख अतिथी राजदूत डा. सुवेदीले सम्मानपत्र प्रदान गरेका थिए ।

15540286_10154225920546589_294887899_o

प्रतिक्रिया

सम्बन्धित सामाग्री