बन् तिमी कोमल अनि सफा मन
हुन्छ यसमा आनन्द अनि स्वच्छ तन
के लिएर आएथ्यौं र लाने के होर
छोडी जाने जिन्दगीमा किन बन्छ्यौ घोर
तिम्रो नाममा बिताएं मैले भयो आधा उमेर
तिम्रै यादमा बिताउनेछु बांकी जीवन घुमेर
तरपनि आशा मैले मार्दिन है तिम्रो
एक दिन भएनी संगै घुम्ने आशामा हाम्रो
बाउ आमा छोडी सकें अब इष्टमित्र
कहिले होला आशै आसमा पस्ने तिमी भित्र
जागिर पनि छोडीसकें पराइको बासमा
कति बिताउं जिन्दगी मैले सधैं तिम्रो आसमा
आउ मेरी प्रिय तिमी सधैं मेरो काखमा
एकछिन पनि सक्दिन है मैले तिम्रो आशमा
के लिएर आएथ्यांै र लाने के होर
छोडी जाने जिन्दगीमा किन बन्छ्यौ घोर
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह