
राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमल थापा, सुनिलबहादुर थापा, चर्चित नायिका रेखा थापा लगायत सहभागी । तस्बिर रोशन सापकोटा, रासस
काठमाडौँ, २७ मङ्सिर । चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ ।
आज आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले नवप्रवेशी थापालाई टीका र माला लगाएर स्वागत गर्नुभयो ।
आफूले चार वर्षदेखि विभिन्न राजनीतिक पार्टीको अध्ययन गरिरहेको र राप्रपासँग भावना मिलेकाले पार्टी प्रवेश गरेको नायिका थापाले बताउनुभयो ।
राजनीतिक हिसाबले पहिलो र अन्तिम घर नै राप्रपा भएको बताउने थापाले अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको खुलासा पनि गर्नुभयो ।
“म हिन्दू नारी हुँ, राष्ट्रवादी केटी भएकाले आफ्नो विचार राप्रपासँग मेल खाएकाले लागेकी हुँ, निकै ‘एक्साइटेड’ र हर्षित छु,”– उहाँले भन्नुभयो ।
आफूले खेलेको नेपाली चलचित्र दुर्गा, काली र चम्पाजस्ताको भूमिकाले आफ्नो सिद्धान्त र स्वभावलाई पुष्टि गर्ने उहाँको भनाइ थियो । यसअघि चर्चित गायिका कोमल वली राप्रपामा प्रवेश गर्नुभएको थियो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित