
रियाद (साउदी अरब), २१ मङ्सिर । साउदी अरबको एक अदालतले इरानका लागि जासुसी गरेको आरोपमा विभिन्न १५ जना साउदी नागरिकलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०१३ मा इरानका लागि साउदी अरबमा रही गोप्य जानकारी दिएको आरोपमा पक्राउ परेका ३२ जना अभियुक्तमाथिको मुद्दामा सुनुवाई गर्दै १५ जनामाथि मृत्युदण्डको सजाय सुनाएको हो ।
त्यसैगरी अदालतले पक्राउ ३२ जनामध्ये १५ जनालाई छ महिना देखि २५ वर्षसम्मको फरकफरक जेल सजाय तोकेको छ भने दुई जनालाई निर्दोष भएको फैसला दिएको छ ।
पक्राउ परेका ३२ जनामध्ये अधिकांश अर्थात् ३० जना साउदी नागरिक रहेका थिए भने एक इरानी र एक अफगानी नागरिक थिए ।
अदालतले उक्त समूहलाई राज्यको सैन्य गतिविधिसम्बन्धी जानकारी इरानी गुप्तचर संस्थालाई गोप्य रुपमा प्रवाह गर्ने गरेको अभियोग लगाउँदै सजाय सुनाएको हो ।
अदालतद्वारा दोषी ठम्याइएका केही अभियुक्तले साउदी अरबको आर्थिक, वित्तीय तथा शैक्षिक क्षेत्रमा उच्चस्तरमा रहेर काम गर्दै आएका अल अरेविया न्युजले जनाएको छ ।
साउदी प्रशासनले इरानलाई क्षेत्रीय शान्तिमा समस्या ल्याउने गतिविधि सञ्चालन गर्न बहराइन र यमनलगायतका खाडी मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएको छ ।
साउदी अरबले इरानसँगको कूतनीतिक सम्बन्धलाई सन् २०१६ को सुरुदेखि नै तोड्दै आफ्नो इरानस्थित राजदूतलाई फिर्ता बोलाएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा