
रियाद (साउदी अरब), २१ मङ्सिर । साउदी अरबको एक अदालतले इरानका लागि जासुसी गरेको आरोपमा विभिन्न १५ जना साउदी नागरिकलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०१३ मा इरानका लागि साउदी अरबमा रही गोप्य जानकारी दिएको आरोपमा पक्राउ परेका ३२ जना अभियुक्तमाथिको मुद्दामा सुनुवाई गर्दै १५ जनामाथि मृत्युदण्डको सजाय सुनाएको हो ।
त्यसैगरी अदालतले पक्राउ ३२ जनामध्ये १५ जनालाई छ महिना देखि २५ वर्षसम्मको फरकफरक जेल सजाय तोकेको छ भने दुई जनालाई निर्दोष भएको फैसला दिएको छ ।
पक्राउ परेका ३२ जनामध्ये अधिकांश अर्थात् ३० जना साउदी नागरिक रहेका थिए भने एक इरानी र एक अफगानी नागरिक थिए ।
अदालतले उक्त समूहलाई राज्यको सैन्य गतिविधिसम्बन्धी जानकारी इरानी गुप्तचर संस्थालाई गोप्य रुपमा प्रवाह गर्ने गरेको अभियोग लगाउँदै सजाय सुनाएको हो ।
अदालतद्वारा दोषी ठम्याइएका केही अभियुक्तले साउदी अरबको आर्थिक, वित्तीय तथा शैक्षिक क्षेत्रमा उच्चस्तरमा रहेर काम गर्दै आएका अल अरेविया न्युजले जनाएको छ ।
साउदी प्रशासनले इरानलाई क्षेत्रीय शान्तिमा समस्या ल्याउने गतिविधि सञ्चालन गर्न बहराइन र यमनलगायतका खाडी मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएको छ ।
साउदी अरबले इरानसँगको कूतनीतिक सम्बन्धलाई सन् २०१६ को सुरुदेखि नै तोड्दै आफ्नो इरानस्थित राजदूतलाई फिर्ता बोलाएको थियो ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी