
लन्डन । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) ले मध्य पूर्व र विशेष गरी स्ट्रेट अफ हर्मुजमा जहाजको खतराबारे छलफल गर्न अर्को हप्ता ‘विशेष सत्र’ बोलाउने आइएमओले बिहीबार जानकारी गराएको छ ।
मार्च १८–१९ मा लन्डनस्थित आइएमओको मुख्यालयमा हुने बैठकमा यसका ४० सदस्यमध्ये छ सदस्य बेलायत, इजिप्ट, फ्रान्स, मोरक्को, कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले अनुरोध गरेका थिए ।
यो बैठकको आह्वान विश्वव्यापी ऊर्जा आपूर्तिको अवरोधले ऊर्जाको मूल्यहरू बढाउने प्रक्षेपणबीच आएको हो । ‘स्ट्रेट अफ हर्मुज’ बाट विश्वव्यापी कच्चा तेलको पाँच भागको एक भाग आपूर्ति हुन्छ । इरानको जवाफी आक्रमणले ‘स्ट्रेट अफ हर्मुज’ भएर आवतजावत गर्ने कार्गो जहाज र यसका खाडी छिमेकीहरू विरुद्ध प्रभाव पारेपछि विश्व बजारमा इन्धनको मूल्य वृद्धि हुनुका साथै आपूर्तिको अभाव
हुने देखिएको छ ।
बिहीवार, इराकमा दुई तेल ट्याङ्करहरूमा भएको आक्रमणमा कम्तिमा एक चालक दलका सदस्यको मृत्यु भएको थियो भने एक मालवाहक जहाजमा छर्रा लागेर आगलागी भएको थियो ।
इरानका नयाँ सर्वोच्च नेताले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्न आदेश दिनुभएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्यभन्दा इस्लामिक गणतन्त्रको ‘दुष्ट साम्राज्य’ रोक्नु महत्वपूर्ण भएको बताउनुभएको छ ।
तेलको मूल्य बिहीबार १०० डलरभन्दा माथि पुग्दा सम्बन्धित बस्तुको बजारले घाटा व्यहोरेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता