काठमाडौँ, २० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन विधेयकका केही दफा राष्ट्रिय हितअनुकूल नरहेकाले त्यसलाई स्थगित गर्न माग गरेको छ ।
धुम्रबाराहीस्थित कार्यालयमा आज सम्पन्न भएको उक्त बैठकले सरकारले दर्ता गराएको विधेयकप्रति मधेस केन्द्रित दल असन्तुष्ट रहेको, प्रदेश नं ५ का जनता आन्दोलनमा उत्रेको, केही राजनीतिक दलले संसद् अवरुद्ध गरिरहेकाले सरकारले सम्बद्ध पक्षसँग नयाँ समझदारी कायम गर्नुपर्ने माग गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले सो विधेयक तयार गर्दा निर्णय प्रक्रियामा पार्टीलाई सहभागी नगरिएकामा खेद प्रकट गर्दै संसद्मा प्रतिनिधित्व गर्ने सबै दल तथा सरोकार पक्षका बीचमा सहमतिको वातावरण कायम गरेरमात्र संविधान संशोधनको विधेयकलाई अघि बढाउन सरकारलाई सुझाएको छ ।
स्वदेशी तथा विदेशी शक्तिबाट राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि नै प्रश्न चिह्न खडा गर्ने प्रयास भइरहेको अवस्थामा राज्य संयन्त्रको प्रभावकारितामा कमी आइरहेको बैठकले ठहर गर्दै त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ । संसद् अवरुद्ध गरिरहेका विभिन्न दललाई जनताका अधिकारलाई छलफल गर्ने थलोलाई अवरुद्ध नगर्न आग्रह गर्दै विधि र प्रक्रियाबाट समस्या खोज्न सुझाएको छ ।
संविधानको कार्यान्वयनका निमित्त २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र संसद्को चुनाव हुनु अनिवार्य रहेको ठहर गर्दै बैठकले अविलम्ब स्थानीय तहको चुनावको मिति घोषणा गर्नसमेत माग गरेको छ ।
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला