लण्डन । तमुधिँ साउथ इष्ट लण्डनले आफ्नै भवन खरिद गर्न सफल भएको छ ।
ब्राञ्चका अध्यक्ष श्रीचन्द्र गुरुङले दिएको जानकारी अनुसार आवेउडस्थित ६० पानफिल्ड रोडमा ३ लाख ११ हजार पाउण्डमा सो घर खरिद गरिएको हो ।
तीन वटा शयन कक्ष रहेको सो घर अनलाइन अक्सनबाट तमुधिँ साउथ इष्ट लण्डनले किन्न सफल भएको हो ।
सो घर खरिदका लागि शाखासित २ लाख पाउण्ड मौज्दात रहेको र बाँकी १ लाख ६० हजार पाउण्ड एक सातामा निब्र्याजी सापट उठाइएको थियो । अध्यक्ष गुरुङले आफ्नो दुई वर्षे कार्यकालमा आयआर्जनका काम गरेर सो रकम फिर्ता गरिने बताए ।
सोही क्रममा तमुधिँ साउथ इष्ट लण्डनले यह डिसेम्बर १० मा लाइफ मेम्बरहरुका लागि च्यारिटी डिनरको आयोजना गरेको छ । ब्राञ्चमा अहिलेसम्म १४० लाइफ मेम्बर छन् ।
खरिद गरिएको घरको तल्लो तलामा ब्राञ्चको बैठक र कार्यालय कक्ष तथा माथिल्लो तीन कोठा भाडामा दिइने अध्यक्ष गुरुङले बताए ।
करिब ६ वर्षको अथक प्रयासपछि सो घर लिन सफल भइएको उनले थपे । सो घर हेर्नका लागि आज बिहान १० बजे सदस्यहरुलाई निम्त्याएको थियो ।
साउथ इष्टमा बस्ने दुख पाएका नेपालीहरुको अवस्था हेरेर घर किन्ने निर्णय गरिएको उनले बताए । दुख पाएकाहरुलाई एक साता वा एक महिना राख्न पाए पनि केही सेवा हुन्थ्यो भन्ने लागेको उनले थपे । तमुधिँको घर भए पनि सबै नेपालीलाई स्वागत गर्ने उनले प्रष्ट्याए ।
च्यारिटीमा दर्ता तमुधिँ साउथ इष्टको ठूलो घर किन्ने योजना यथावतै रहेको उनले जानकारी दिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित