काठमाडौँ, १३ मङ्सिर । सरकार र आमरण अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता आज पनि निष्कर्षमा पुग्न सकेन ।
सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भए पनि कुनै निष्कर्षमा नपुगेको स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले जानकारी दिनुभयो ।
डा केसीका तर्फबाट वार्तामा सहभागी डा लेसन महर्जनकाअनुसार वार्तामा सबै विषय छलफल भए पनि डिन र त्रिविका उपकुलपतिका विषयमा कुरा अगाडि बढ्न सकेन ।
डा केसी १६ दिनदेखि अनशनमा हुनुहुन्छ । केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उहाँका सहयोगीले जनाएका छन् । उपकुलपति र डिनलाई बर्खास्त नगरेसम्म अनशन स्थगन नगर्ने डा केसीले अडान राख्दै आउनुभएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ