
लन्डन । पेशाले उनी बेलायतको डेन्टल नर्स हुन् । तर, केही समय यता उनको परिचय थपिएको छ । उनी अर्थात योगेश महत । योगेश र मिलन अमात्यको स्वर रहेको हांसी हांसी त्यो नजरले… गीत यतिखेर असंख्य स्रोता दर्शकको रोजाइमा परेको छ ।
रिलिज भएको १६ दिनमा उक्त गीतलाई ५० हजार बढि श्रोता दर्शकले यूटयुब मार्फत हेरेकामा एक दिन पछि यो संख्या एक लाख पचास हजार बढि पुगेको छ । ‘म ज्यादै उत्साहित छु’, योगेशले भने, ‘दर्शक श्रोताको सकारात्मक प्रतिक्रियाले अब गीत संगीतमा पनि करिअर बनाउने प्रेरणा मिलेको छ ।’
योगेश महतले प्रोडक्सन गरेको उक्त मार्मिक गीत मनोज लामिछानेले लेखेका हुन् भने बब्बु प्रधानले संगीत संयोजन साथै शिखर सन्तोषले संगीत भरेका छन् ।
म्यूजिक नेपालले बजारमा ल्याएको उक्त पप विद्याको गीतको म्यूजिक भिडियोमा नायिका केकी अधिकारीसंगै पुष्प खड्काको अभिनय छ । भिडियो निर्देशन निकेश खड्का, छायांकन अर्जुन तिवारी र सम्पादन निशान घिमिरेले गरेका हुन् ।
हेर्नुहोस् भिडियो
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते