
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, ५ मङ्सिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले लक्ष्यसहित पुनर्निर्माण गर्ने कार्ययोजना पारित गरेको छ ।
समितिको आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयले अगाडि बढाउनुपर्ने कामलाई निश्चित लक्ष्य र उद्देश्यका साथ कहिले काम सुरु गर्ने र कहिले सक्ने भन्नेबारे निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
“निजी आवास दुई वर्षभित्रमा सक्ने गरी कार्ययोजना ल्याइएको छ, निजी आवास, शैक्षिक क्षेत्र, स्वास्थ्य संस्था र परम्परागत सांस्कृतिक सम्पदा निर्माणको कामको पनि समय तोकी कार्ययोजना अघि सारिएको छ, यसका लागि अर्थ मन्त्रालयबाट बजेट पनि विनियोजन भएको छ”–उहाँले भन्नुभयो ।
भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरणका लागि कार्यविधि मन्त्रिपरिषद्मा पेस गरिएको पनि प्राधिकरणले जनाएको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक