
लन्डन । नयां शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम
भट्टराई ५ दिने बेलायत भ्रमण सकेर बुधबार बिहान पोर्चुगल प्रस्थान गरेका छन् । भट्टराईलाई विदाइ गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदीलगायत नयां शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनाल, मिडिया संयोजक बीरेन्द्र श्रेष्ठ आदि हिथ्रो पुगेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको निमन्त्रणामा गत शुक्रबार लन्डन टेकेका भट्टराईको यहां निक्कै व्यस्तता रह्यो । लन्डन टेकेकै दिन शुक्रबार दिउसो लन्डन इलिङमा पत्रकारहरुमाझ उपस्थित भएका भट्टराई त्यस दिन सांझ लन्डनस्थित नेपाली दूतावासमा बेलायतका नेपाली राजनीतिक दलका प्रतिनिधिसंग अन्तरक्रियामा व्यस्त रहे ।
भट्टराईले जनजाती महासंघ बेलायतको आयोजनामा रेडिङमा भएको कार्यक्रमलाई पनि सम्वोधन गरे भने गोर्खाली समाज यूकेको च्यारिटीमा प्रमुख आतिथ्य ग्रहण गरे । उक्त च्यारिटीमा गोरखाका भूकम्प पीडित अनाथ बालबालिकाको शिक्षा सहयोगार्थ एक करोड रुपैयां बढि प्रतिवद्धता आएको छ ।
भट्टराई अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले अल्डरसटस्थित एम्पायर हलमा गरेको ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयां राजनीतिक शक्तिको आवश्यकता’ अन्तरक्रियामा प्रमुख वक्ताका रुपमा प्रस्तुत भए ।
भट्टराई साउथ इष्टदेखि विश्व प्रख्यात बेलायतको अक्सफोर्ड युनिभर्सिटी र लन्डन स्कुल अफ इकोनोमिक्समा आयोजित कार्यक्रममा समेत सहभागी भए । ति कार्यक्रममा सहभागी हुन टाढा टाढाबाट अर्थवीद, प्राज्ञ, विदेशी विद्यार्थी र नेपाली समुदाय ओइरिएका थिए ।

अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका मिडिया कोअर्डिनेटर बीरेन्द्र श्रेष्ठका अनुसार, भट्टराईले बेलायत भ्रमणलाई ‘उपलव्धिमुलक’ मानेका छन् । ‘संगठन विस्तार र नयां शक्तिको उद्देश्यबारे जनमानसलाई अवगत गराउन
पाउंदा भट्टराई प्रफुल्ल हुनुहुन्थ्यो’, श्रेष्ठले भने । भट्टराई बेलायतको नेपाली समुदायका करिब ३० प्रतिशतलाई नयां शक्तिमा आवद्ध गराउने दावी समेत गरेका छन् ।
बेलायत भ्रमणका क्रममा डा. भट्टराईले पार्लियामेन्टमा बेलायती सांसदहरु साथै एनआरएनए यूके प्रतिनिधि र भूपू गोर्खा प्रतिनिधिसंगसमेत भेट गरेका थिए । एनआरएनए यूके र बिजिडब्लुएसले भट्टराईको सम्मानमा बेग्ला बेग्लै स्वागत कार्यक्रम गरे ।
बेलायतमा विभिन्न कार्यक्रम सम्वोधनका क्रममा उनले राजनीतिक क्रान्ति बिना आर्थिक क्रान्ति सम्भव नहुने र अब नेपालमा राजनीतिक परिवर्तनपछि आर्थिक विकास र समृद्धि आवश्यक रहेको धारणा राखेका थिए । नेपालमा आर्थिक क्रान्तिका लागि नयां शक्ति मात्र एक विकल्प रहेको दावी पनि उनको थियो । भटटराईका साथ नयां शक्ति आवद्ध कृषिवीद मदन राई र अन्तर्राष्टिय विभाग प्रमुख नवराज सुवेदी पनि वक्ताका रुपमा थिए ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल