लन्डन । नेपालको प्रावि तहमा सिकाइने क, ख, ग, घ अब स्कट्ल्यान्डको एडिनवर्गका साना नानीबाबुलाई पनि पढाउन थालिएको छ । गत जुलाई २०१६ देखि नेपाली पाठशाला सञ्चालनमा आएको हो ।
नेपाली भाषा, कला र संस्कृति प्रवर्धन तथा विदेशमा जन्मिएका बालबालिकालाई नेपाली सिकाउन कस्सिएका हुन् गोविन्द राम कंडेल ।
साना बालबालिकाको जिम्मा लिएर २ घण्टा जति तिनिहरुलाई नेपाली वर्णमाला अनि नेपाली कला संस्कृतिको पाठ सिकाउन भने सहज नभएको बताउंछन् कंडेल ।
नेपाली कक्षामा अहिले ७ देखि १२ वर्ष सम्मका २५ जना बालबालिकाको सहभागिता छ । यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको कंडेलले बताए । स्थानीय काउन्सिल हल भाडामा लिएर कक्षा सञ्चालन गर्दै आएका गोविन्द बालबालिकाहरुको सहभागिता र रुची देखेर अत्यन्तै खुशी रहेको बताउंछन् । एडिन्बर्गका रेष्टुरां व्यवसायी कंडेल नेपाल स्कट्ल्याण्ड एसोसिएसनका सक्रिय सदस्य पनि हुन् ।
सामाजिक काममा समेत अभिरुची राख्ने गोविन्द नेपाली कार्यक्रम होस् या नेपालबाट आउने जो कोही पाहुनालाई सत्कार गर्न अगाडि सरिहाल्छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा