लन्डन । नेपालको प्रावि तहमा सिकाइने क, ख, ग, घ अब स्कट्ल्यान्डको एडिनवर्गका साना नानीबाबुलाई पनि पढाउन थालिएको छ । गत जुलाई २०१६ देखि नेपाली पाठशाला सञ्चालनमा आएको हो ।
नेपाली भाषा, कला र संस्कृति प्रवर्धन तथा विदेशमा जन्मिएका बालबालिकालाई नेपाली सिकाउन कस्सिएका हुन् गोविन्द राम कंडेल ।
साना बालबालिकाको जिम्मा लिएर २ घण्टा जति तिनिहरुलाई नेपाली वर्णमाला अनि नेपाली कला संस्कृतिको पाठ सिकाउन भने सहज नभएको बताउंछन् कंडेल ।
नेपाली कक्षामा अहिले ७ देखि १२ वर्ष सम्मका २५ जना बालबालिकाको सहभागिता छ । यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको कंडेलले बताए । स्थानीय काउन्सिल हल भाडामा लिएर कक्षा सञ्चालन गर्दै आएका गोविन्द बालबालिकाहरुको सहभागिता र रुची देखेर अत्यन्तै खुशी रहेको बताउंछन् । एडिन्बर्गका रेष्टुरां व्यवसायी कंडेल नेपाल स्कट्ल्याण्ड एसोसिएसनका सक्रिय सदस्य पनि हुन् ।
सामाजिक काममा समेत अभिरुची राख्ने गोविन्द नेपाली कार्यक्रम होस् या नेपालबाट आउने जो कोही पाहुनालाई सत्कार गर्न अगाडि सरिहाल्छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते