लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले आफू नेतृत्वबाट पछि नहट्ने बताएका छन् । संघको आगामी अधिवेशनमा अध्यक्षका आकांक्षी ठानिएका उनले बेलायतस्थित पत्रकारहरुसंगको भेटमा यस्तो दृढता व्यक्त गरेका हुन् । ‘मलाई उकालो चढ्ने बानी लागेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘भोलि नेतृत्व गर्न सकिन्छ भन्ने आत्मविश्वास छ । साथीहरुको मायां र आत्मविश्वासले पछाडि हट्ने अवस्था छैन् ।’
स्थापनाकाल देखि नै सक्रिय रहेर कोषाध्यक्ष र दोश्रो कार्यकाल उपाध्यक्षमा रहेका भट्टले सामाजिक संस्थामा जहां रहेर काम गर्न सकिने भएपनि सवल र सफल नेतृत्व समेत खांचो हुने बताए ।
भट्टले गैर आवासीय नेपालीले विदेशमा आर्जन गरेको सीप, पंूजी र योगदानले देश विकास हुने बताए । ‘संघ नेपाल बाहिर रहेका करिब ५० लाख र स्वदेशमा रहेका २ करोड नेपालीको आस्था बन्नुपर्छ, उनले भने ।
भूकम्पपछि पुनर्निर्माणमा एनआरएनएको निष्क्रियता उनले स्वीकारेनन् । ‘अहिले गोर्खाको लाप्राकस्थित ६१२ घरसहित एकीकृत नमुना वस्तीको काम धमाधम बढिरहेको छ, करिब डेढ वर्षमा हामी योजना सकिसक्छौं’, भट्टले भने ।
गोर्खाली समाज यूकेको च्यारिटी डिनरमा सहभागी हुन बेलायत आएका भट्टले उक्त च्यारिटीमार्फत गोरखास्थित भूकम्प पीडित अनाथ तथा गरिव बालबालिकाको शिक्षा सहयोगार्थ २० लाख रुपैयां दिने घोषणा गरेका छन् ।
निरमाया रोधीघरमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री लगायत उपस्थित थिए । सरला थापाले सञ्चालन गरेको उक्त कार्यक्रम संयोजन नेपलिज इन्टरटेनमेन्ट यूकेका बीरेन खड्काले गरेका हुन् । भट्टलाई निरमाया रोधीका सञ्चालक गणेश गुरुङलगायतले सम्मान समेत गरे ।
तस्विरः मिलन तमु
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी