लन्डन । नयां शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक विकास र समृद्धिको सपनाले मात्र देश बन्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको निम्तोमा लन्डन उत्रिएकै दिन शुक्रबार यहांस्थित पत्रकारहरुसंग बोल्दै भट्टराईले नेपालमा राजनीतिक
परिवर्तनको श्रृंखला सकिएपछि अब विकास र समृद्धिको पालो आएको बताए ।
‘निरंकुशता र सामन्तवादको अन्त्य भइसकेपछि लोकतन्त्रको जगमा आर्थिक विकास र समृद्धिका लागि बढौं भनेर हामी लागिपरेका छौं’, भट्टराईले भने,
‘राजनीतिक परिवर्तनको जगमा आर्थिक विकास सम्भव छ र विकास र समृद्धिको अभियान बढाउन नै नयां शक्ति पार्टी खोलिएको हो ।’
राजनीतिले दिशाबोध नगरेसम्म देशमा विकास र समृद्धि नहुने धारणा उनको थियो । उनले नयां शक्तिले जेठ ३० मा पार्टी घोषणापछि मार्गचित्र तयार गरिसकेको र त्यसमा ७ वर्षभित्र देशलाई गरिवीबाट मुक्त पार्ने, १५ वर्षभित्र मध्यमस्तर र २५ वर्षमा समृद्धिको शिखरमा देशलाई पुरयाउने रहेको जनाए ।
सत्तामा पुगेर सरकारको नेतृत्व गरेमात्र आर्थिक विकासका योजना लागू गर्न सकिने जनाउंदै उनले आफ्नो पार्टीको लक्ष्य लोकतान्त्रिक तरिकाले निर्वाचनमा अग्रता हासिल गरेर विकास योजना कार्यान्वयन गर्ने नै रहेको बताए । केही वर्षपछि नयां शक्ति पार्टी देशको प्रमुख शक्तिको रुपमा उदाउने दावी समेत उनको थियो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सय दिन पुरा गरेपनि दाहालसंग देखाउने उपलब्धिमुलक चीज केही नभएको दावी गरे । ‘प्रधानमन्त्रीजी आफ्नै मन्त्रीलाई दोष दिएर केही गर्न पाइएन भन्नुहुन्छ । क्याबिनेट प्रणालीमा प्रधानमन्त्री नै प्रमुख हो’, उनले भने ।
भट्टराईले अंगीकृत नागरिकलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिन नहुने आफ्नो धारणा बताउंदै अमेरिकालगायत विश्वका कुनै पनि देशमा अंगीकृत नागरिकलाई देशको प्रमुख कार्यकारी नबनाइएको स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका मिडिया संयोजक बीरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य दिएको उक्त पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा कृषिवीद मदन राईले पनि नयां पार्टीको भिजनबारे बोलेका थिए । कर्मा पहाडी शेर्पाले सञ्चालन गरेको सो कार्यक्रम समाजका संयोजक भोला खनालले धन्यवाद दिंदै समापन गरेका थिए ।
लन्डन आएकै दिन बेलायतस्थित विभिन्न राजनीतिक पार्टीका प्रवास संगठन प्रतिनिधिहरुमाझ दूतावासमा अन्तरक्रिया गरेका भट्टराई शनिबार सांझ गोर्खाली समाज यूकेले अल्डरसटमा गर्न लागेको च्यारिटी कार्यक्रममा प्रमुख अतिथी बन्ने छन् ।
भट्टराईले बेलायत रहंदा लन्डन स्कुल अफ इकोनोमिक्स, अक्सफोर्ड युनिभर्सिटी र अल्डरसटस्थित एम्पायर हलमा नेपालको आर्थिक विकास र समृद्धि विषयमा प्रवचन दिने कार्यक्रम छ । उनले जनजाती महासंघ यूकेको कार्यक्रममा प्रवचन र बेलायती राजनीतिज्ञहरुसंग समेत भेट्ने तय भएको समाजले जनाएको छ ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड