लण्डन । अष्ट्रेलियाको सिडनीमा हुने दोस्रो फेसनमाण्डुमा नायिका नम्रता श्रेष्ठ र युकेका बहुप्रतिभाशाली युवा लेक्स लिम्बु सहभागी हुने भएका छन् ।
सिड्नीस्थित हस्टभिल इन्टटेइनमेण्ट सेन्टरमा नोभेम्बर १८ मा हुने सो फेसन सोको आयोजना अष्ट्रेलियामा रहेको केगरिरा भन्ने संस्थाले गरेको हो ।
गत वर्षदेखि शुरु गरिएको सो फेसन सोमा नेपाली तथा अष्ट्रेलियन मोडल र फेसन डिजाइनरहरुको सहभागिता रहने बताइएको छ । यस वर्षको फेसन सोमा नेपालबाट आउने नायिका नम्रता श्रेष्ठको विशेष आकर्षण रहने छिन् भने युकेबाट जाने लेक्स लिम्बुले सो सोको संचालन गर्नेछन् ।
सो फेसन सोमा सहभागी हुनेका लागि ४० अष्ट्रेलियन डलरदेखि १४० सम्म टिकट मूल्य तोकिएको छ ।
सो फेसन सोको एक अंग बन्न पाएकोमा प्रशन्नता व्यक्त गर्दै लेक्स लिम्बुले नेपाली र अष्ट्रेलियनहरुको सम्मिश्रण देख्न र उनीसित भेट्न पाइने भएकाले फेसनमाण्डुको निम्तो स्वीकार गरेको बताए ।
लेक्सलिम्बु डटकममार्फत ब्लगिंग गर्दै आएका लेक्स लिम्बु हाल लण्डनस्थित किंग्स कलेजमा टुरिज्म, इन्भारोमेण्ट एण्ड डेभलपमेण्टमा एमए पनि गर्दैछन् ।
युकेको जाडो केही दिन भएपनि छल्न पाउनेमा खुशी व्यक्त गर्दै उनले युकेमा एकसेएक युवा प्रतिभाहरु भएकाले यस्ता किसिमका कार्यक्रमले भविष्यमा उनीहरुलाई नेपालभित्र र डायस्पोरामा प्रतिभा देखाउने मौका प्रदान गर्नसक्ने विश्वास उनले व्यक्त गरे ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस