
राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको राजकीय भोजमा आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै नेपालको तीन दिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १७ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर सँगसँगै अगाडि बढ्न चाहेको बताउनुभएको छ ।
नेपालको तीन दिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी आफ्नो सम्मानमा आयोजना गर्नुभएको रात्रिभोज समारोहमा भन्नुभयो, “हरेक क्षेत्रमा भारत दुबै मुलुकको हित र प्रगतिका लागि सँगै अघि बढ्न चाहन्छ ।”
नेपाल–भारतको सम्बन्ध युगौँदेखिको पुरानो र प्राचीन सभ्यतासँग गाँसिएको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले सांस्कृतिक एवम् जनस्तर कायम सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएको विचार व्यक्त गर्नुभयो ।
शान्ति, स्थायित्व र समृद्धिको बाटोमा नेपाल सधैँ अघि बढेको हेर्ने भारतको चाहना रहेको र त्यस कार्यमा भारतको सहयोगी भूमिका रहने उहाँको प्रतिबद्धता थियो ।
प्राकृतिक विपद्पछिको नेपाली जनताको सहनशीलता अत्यन्त सरहानीय भएको बताउँदै राष्ट्रपति मुखर्जीले नेपालको पुनःनिर्माण अभियानमा भारत सहयोग गर्न तत्पर रहेको विश्वास दिलाउनुभयो ।
शान्ति र सुरक्षा २१औँ शताब्दीको साझा चुनौती भएकाले आतङ्कवादका सबै प्रकारका प्रकट रुप उन्मूलन गर्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा उहाँको जोड थियो । राष्ट्रपति मुखर्जीले भन्नुभयो, “यसका लागि सबैको सामूहिक प्रयत्नको आवश्यकता छ ।”
हालै भारतको गोवामा सम्पन्न ब्रिक्स र बिम्स्टेक सम्मेलनमा क्षेत्रीय र उपक्षेत्रीय तहमा आफ्ना तर्फबाट उक्त विषयलाई प्रधानताका साथ अघि बढाएको पनि उहाँले स्मरण गराउनुभयो ।
भारतले आफ्ना छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले भन्नुभयो – “भारत नेपाललाई विशेष प्राथमिकतामा राखेर दुई पक्षीय सम्बन्धलाई थप उचाइमा पुरयाउन चाहन्छ ।”
नेपालको न्यानो आतिथ्यताप्रति धन्यवाद व्यक्त गर्दै उहाँले नेपालका राष्ट्रपति भण्डारीलाई भारत भ्रमणको निमन्त्रणा पनि दिनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते