
काठमाडौँ, ११ कात्तिक । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीप्रति आत्मीयता, सद्भाव र सम्मान प्रकट गर्न सरकारले यही कात्तिक १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा भारतीय राष्ट्रपति तीनदिने भ्रमणमा यही कात्तिक १७ गतेदेखि नेपाल आउँदै हुनुहुन्छ । मन्त्रिपरिषद्को आजको बैठकले छिमेकी भारतीय र चीनका राष्ट्र प्रमुखबाट हुने नेपालको राजकीय भ्रमण गर्ने पहिलो दिन विगतको परम्परा र सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । यसअघि सन् १९९८ मेमा नेपालको निमन्त्रणामा भारतीय राष्ट्रपति केआर नारायण नेपाल आउनुभएको थियो ।
मित्र राष्ट्रका राष्ट्र प्रमुख नेपालको राजकीय भ्रमणमा आउँदा सरकारले सार्वजनिक बिदा दिने विगतकै परम्परा हो । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपालमा रहँदा राष्ट्रपति मुखर्जीबाट पशुपतिनाथ र जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्ने, काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई सम्बोधन गर्ने, पोखरामा भारतीय सेनामा काम गरी अवकाश पाएका सैनिकको भेलालाई सम्बोधन गर्ने लगायत कार्यक्रम रहेको बुझिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते