
काठमाडौँ, ११ कात्तिक । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीप्रति आत्मीयता, सद्भाव र सम्मान प्रकट गर्न सरकारले यही कात्तिक १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा भारतीय राष्ट्रपति तीनदिने भ्रमणमा यही कात्तिक १७ गतेदेखि नेपाल आउँदै हुनुहुन्छ । मन्त्रिपरिषद्को आजको बैठकले छिमेकी भारतीय र चीनका राष्ट्र प्रमुखबाट हुने नेपालको राजकीय भ्रमण गर्ने पहिलो दिन विगतको परम्परा र सम्मानका लागि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । यसअघि सन् १९९८ मेमा नेपालको निमन्त्रणामा भारतीय राष्ट्रपति केआर नारायण नेपाल आउनुभएको थियो ।
मित्र राष्ट्रका राष्ट्र प्रमुख नेपालको राजकीय भ्रमणमा आउँदा सरकारले सार्वजनिक बिदा दिने विगतकै परम्परा हो । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपालमा रहँदा राष्ट्रपति मुखर्जीबाट पशुपतिनाथ र जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्ने, काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई सम्बोधन गर्ने, पोखरामा भारतीय सेनामा काम गरी अवकाश पाएका सैनिकको भेलालाई सम्बोधन गर्ने लगायत कार्यक्रम रहेको बुझिएको छ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल