
लन्डन । संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा सञ्चालन भएको क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा नेपाली सेनाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
नेपालसहित २० देशको सहभागिता रहेको उक्त प्रतियोगितामा १२० सैनिक टोली सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।
बेलायती सेनाको टेरिटोरियल आर्मीले ५५ वर्षअघि सुरु गरेको क्यामब्रियन पट्रोलका क्रममा दलदले हिलोयुक्त भूमिमा ४८ घन्टाको समयसीमा भित्र ८० किमी क्षेत्रको गस्ती (पट्रोलिङ) गर्नुपर्ने हुन्छ ।
उक्त प्रतियोगितमा विभिन्न सैनिक अभ्यास समेत समावेश गरिएको हुन्छ । सो प्रतियोगितामा नेपाली सेनाले विश्वमै व्यावसायिक, अनुशासित, कर्तव्यपरायण र साहसिक सेनाका रुपमा ख्याति कमाउँदै आएको छ ।
पेसागत प्रतियोगिता २०७३ अभ्यासमा प्रथम भएको श्री दुर्गाबक्स गणलाई उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली सेनाले छनोट गरी पठाएको थियो ।
उक्त प्रतियोगिता असोजको तेस्रोसाताबाट प्रारम्भ भई कात्तिकको पहिलो सातासम्म चलेको थियो ।
राससका अनुसार, प्रतियोगितामा नेपाली सेनाका तर्फबाट उपसेनानी प्रज्वल खनालको नेतृत्वमा आठ सदस्यीय टोली सहभागी थियो ।
संसारकै सेनाका लागि अत्यन्त कठिन तथा चुनौतीपूर्ण मानिएको उक्त प्रतिस्पर्धात्मक पट्रोलिङमा पाएको सफलतासँगै नेपाली सेनाले अवलम्बन गर्दै आएको तालिम–नीति अब्बल रहेको प्रमाणित भएको नेपाली सेनाले जनाएको छ ।
उक्त प्रतियोगितामा उच्च पेसागत दक्षता प्रदर्शन गरेको नेपाली सेनाको टोली काश्य पदक प्राप्त गरी स्वदेश फर्केको छ ।
अन्तर्राष्ट्रियस्तरको यस्ता सैनिक अभ्यासको सहभागिताबाट नेपाली सेना र अरु देशका सेनाबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते