
लन्डन । बेलायतको निजी भ्रमणमा रहेका पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापासंग अल्डरसटमा वृहत अन्तरक्रिया हुने भएको छ । प्रवासी नेपाली एकता समाज बेलायतले थापासंग आगामी २९ अक्टोबर दिउसो कार्यक्रम राखेको हो ।
अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त कार्यक्रममा बीरगञ्जका पूर्व मेयर तथा तराई मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता विमल श्रीवास्तब, पूर्व भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीका नेपाल सम्बन्धि परराष्ट्र सल्लाहकार डा. गौतम सेन तथा अन्य विशिष्ठ व्यक्तिहरुले पनि सम्वोधन गर्ने कार्यक्रम छ ।
समाजका संस्थापक अध्यक्ष रोशन सापकोटाले बेलायतवासी नेपाली समुदायलाई नेपालको वर्तमान अवस्था, समृद्ध नेपालका लागि संविधानको कार्यान्वयनका चुनौती र सम्भावना, नेपालको अस्तित्व, मौलिक राष्ट्रियता र संस्कृतिलाई बचाई राख्न नेपालीका साझा कर्तव्यहरू तथा अन्य राष्ट्रियताका गहन विषयमा अवगत गराउन कार्यक्रम गरिएको जनाउंदै सबै समुदायमा उपस्थितिका लागि अनुरोध गरेका छन् ।
३० डिसेम्बरमा बीसीसी यूकेले तमु ल्होछार मनाउने, उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?