यी आवाजहरु हुन क्रान्तिको
विद्रोहको कोलाहलमा, खोजी एउटा शान्तिको
यी लडाईंहरु हुन् आकांक्षाहरुको
निरासाको कुण्ठामा लुकेको केहि आशाहरुको
सबै भन्छन् हुनुपर्छ देशको विकास
बिदेशी सहयोग धन जति नेताकै घरमा निकास
यी आन्दोलनहरु हुन् स्वाभिमानको
भ्रष्टाचारी नेताहरुको बिचमा, खोजी एउटा देशभक्तको
प्रजातन्त्र त्यस्तो हुनुपर्छ जनता स्वतन्त्र हुने
हुनुहुन्न कतै कोहि दुःखी जनता सधैं रुने
यी गीतहरु हुन् सयौं फूलका थुंगाहरुको
स्वतन्त्र मुलुकमा खोजी जनताको आवाजहरुको
यी प्रार्थनाहरु पुण्यभूमिमा शान्तिको
हिन्दू, इस्लाम र मसीही धर्ममा खोजी एउटा मानवताको
यी प्रान्तीय लडाईंहरु हुन् पहिचानको
चार जात छत्तीस वर्णमा माला यो जातीय सद्भावको
यी आवाजहरु हुन क्रान्तिको
विद्रोहको कोलाहलमा, खोजी एउटा शान्तिको
यी लडाईंहरु हुन् आकांक्षाहरुको
निरासाको कुण्ठामा लुकेको केहि आशाहरुको
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने