लण्डन । वरिष्ठ संगीतकार स्वर्गीय अम्बर गुरुङसित संगीत सिकेकी गायिका झुमा लिम्बुको एकल गायन युकेमा सम्पन्न भएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा शनिबार सो एकल गायन आयोजना गरेको थियो ।
भक्तराज आचार्यको ‘जहाँ छन् बुद्धका आँखा’बाट गायन शुरु गरेकी उनले तारादेवी, नारायण गोपाल, बच्चुकैलाश, अरुणा लामा साथै आफ्नै गरी करिब डेढ दर्जन गीत गाएकी थिइन् । उनलाई वाद्यवादनमा संगीतकार विश्व शाही र नाम्लो ब्याण्डका गंगाबहादुर थापाले साथ दिएका थिए ।
‘झुमाले मुन्धुम मात्र गाउँछ नेपाली गीत गाउन बिर्सेछ भन्नेहरुलाई’ भन्दै उनले अम्बर गुरुङसितको सहकार्यमा तयार पारिएको गीत यसरी पस्किइन् ः
कतै अपार सागर होला कतै सानो खोला
सागर हो कि जीन्गदी हाम्रो हो कि सानो खोला
यही सोचेर बाँचेकी छु जीन्दगी यो जिन्दाबाद
उनलाई एउटा गीतमा गंगा थापाले साथ दिएका थिए भने बीचमा नरेश नातिले नारायणगोपालको दुईवटा गीत गाएका थिए ।
आफ्नो एल्बम खासामको प्रचारका लागि युके आएकी गायिका लिम्बु किरात संस्कृतिमा आधारित मुन्धुमी गीतमा मात्र होइन, सुगम संगीतमा पनि उत्तिकै पोख्त छिन् । उनको सोही प्रतिभालाई प्रस्तुत गर्न झुमा संगीत साँझ राखिएको प्रतिष्ठानका महासचिव मिजास तेम्बेले बताए ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते