
राष्ट्रसङ्घलाई बुझाइयो पेरिस सम्झौता अनुमोदनको कागजात
काठमाडौँ, २० असोज । संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले बुधबार नेपालले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गरेको दस्तावेज नेपाल सरकारका तर्फबाट बुधबार राष्ट्र सङ्घलाई बुझायो ।
नियोगद्वारा बुधबार प्रकाशित प्रेस विज्ञप्ति अनुसार असोज १८ गते नेपालको व्यवस्थापिका–संसद्ले अनुमोदन गरेको कागजात परराष्ट्र« मन्त्रालयले नियोगलाई पठाएपछि सो हस्तान्तरण गरिएको हो । साथमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले बोनस्थित युएनएफसीसी सचिवालयमा आफ्नो राष्ट्रिय योगदान दर्ता गरेको कागजात पनि प्रस्तुत गरिएको छ ।
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदनको कागजातमा परारष्ट्रमन्त्री डा प्रकाशशरण महतले हस्ताक्षर गर्नुभएको छ ।
नेपाललगायत अन्य देशले बुधबार प्रस्तुत गरेको कागजातले पेरिस सम्झौता कार्यान्वयन हुन चाहिने हरितगृह ग्यास उत्सर्जनको ५५ प्रतिशत वा ५५ वटा पक्ष राष्ट्र« हुनुपर्ने सर्त पूरा भएको छ ।
सम्झौतालाई बुधबार सम्ममा ७२ राष्ट्रले हस्ताक्षर गरेका छन् । अब सो सम्झौता एक महिनापछि अर्थात् नोभेम्बर ४, २०१६ देखि लागू हुनेछ ।
नेपालले सो सम्झौताको सफल कार्यान्वयनले बाढीपहिरो, हिमताल पग्लने, जलवायुका असामान्य फेरबदल, जैविक विविधता नाश र लाखौँको जीवीकामा परेको असरमा सहयोग पुरयाउने आशा पनि राखेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति