लन्डन । ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) को नेतृत्वमा युरोपियन कोर्टमा लगाइएको गोर्खाहरुको समान पेन्सन सम्बन्धि मुद्दा कोर्टले हराइदिएपछि निर्णय उपर पुनरावेदन गर्न दवाव बढेको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका यूके, नेपाल प्रमुख संयोजक सन्तोष थलङले एक विज्ञप्ति जारी गर्दै बिजिडब्लुएसले युरोपियन कोर्टको फैसलालाई तत्काल पुनरावेदन गरेर चुनौती दिनैपर्ने सुझाव दिएका छन् । उक्त मुद्दा बिजिडब्लुएसले लगाएपनि सबै गोर्खाको साझा मुद्दा भएको जनाउंदै विज्ञप्तिमा गोर्खा सत्याग्रहको रणनीति अनुसार नेपाल सरकारले बेलायत सरकारसंग ठोस पहल थाल्नु अगावै (७ नोभेम्बर) पुनरावेदन गर्न सुझाइएको छ । मुद्दाको पुनरावेदन गर्ने अधिकार बिजिडब्लुएसलाई मात्र रहेको उल्लेख गर्दै थलङले यदि समय मै पुनरावेदन गरिएन भने फैसला स्वीकारेको ठहरिने जनाएका छन् । यही फैसला गोर्खा आन्दोलन, वार्ता र मुद्दा सबै विकल्पका लागि घातक र वाधक बन्ने निश्चित रहेको विज्ञप्तिमा छ ।
गत १५ सेप्टेम्बर २०१६ का दिन युरोपियन कोर्टले षडयन्त्रपूर्वक मानव अधिकारको धज्जी उडाउंदै गोर्खाहरुका विरुद्ध फैसला गरेको जिकिर थलङको छ ।
गोर्खा सत्याग्रहले ७ नोभेम्बर २०१६ को अल्टिमेटम दिएर बेलायत र नेपाल सरकारलाई समानान्तर रुपमा दवाव दिएको र नेपाल सरकारले समेत समस्या समाधानका लागि पत्राचार गरिसकेको अवस्थामा पुनः यही मुद्दालाई प्रमुख अस्त्र बनाउने बदनियतकासाथ विभिन्न षडयन्त्र गरेर युरोपियन कोर्टमा आफ्नो सुविधानुसार फैसला गराइएको आरोप समेत उनको छ ।
थलंगका केही आशंका यस्ता छन्ः
१. ५ वर्ष सम्म चर्चा नै नभएको मुद्दा कसरी यही बेला फैसला गरियो ?
२. वहसको लागि ३ हजार अरु मुद्दाहरु भन्दा पछि रहेको गोर्खा मुद्दा कसरी क्रमभंग गरेर अप्रत्यासित रुपमा फैसला गरियो ?
३. बेलायत सरकार स्वयं विपक्ष रहेको मुद्दाको फैसला गर्न अन्तर्राष्ट्रिय अदालतमा कसरी बेलायती नागरिक न्यायधिशका रुपमा संलग्न भए ?
४. फैसला कसरी अक्षरसः बेलायती उच्च अदालतले गरे कै फैसला हुबहु भयो ?
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते